• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

परियोजनाको मुख्य कार्यालयमा बम विस्फोट, पर्चामा यस्तो भेटियो ?


साउन १४, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथवन विकास परियोजनाको मुख्य कार्यालयमा बम विस्फोट भएको छ । शनिबार राति विष्फोटबाट परियोजनामा क्षति पुगेको बताइएको छ ।

विष्फोट कसले गरायो भन्ने अहिलेसम्म केहि अताेपताे भएको छैन । तर विस्फोट स्थलमा पर्चा भेटिएको छ । पर्चामा सागरनाथ वन विकास परियोजनामाथि कारबाही किन ? शिर्षकमा सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था बिना उनीहरुले लगाएको खेतिपातीमाथि डोजर लगाउने काम गरेको, सुकुम्बासीहरुलाई बिनाकारण झुट्टा मुद्दा लगाएर फसाउने र जेल चलान गर्ने काम गरेको, आगामी दिनमा थप सुकुम्बासीहरुलाई उठाउने योजना बनाएकोले कारवाही गरिएको उल्लेख छ ।

राति एक्कासी ठूलो आवाजमा बम बिष्फोट भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ । बम बिष्फोट भएको स्थलमा प्रेसर कुकरका टुक्राहरु भेटिएको र परियोजनाको कार्यालयको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा भने कसैले पनि लिएको छैन ।

यस्तै गए राति नै सुकुम्बासीहरुले सर्लाही हरिवन नपा ६ घुर्कौली स्थित सागरनाथ वन विकास परियोजनाको कुरुवा घर (टावर) माथि आगजनी भएको स्थानीयले बताएका छन् । घटनामा थप विवरण आउन बाकि छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार