• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

काठमाडौंमै पूर्वउपसचिवको घरमा गोली प्रहार


साउन १४, काठमाडौं । काठमाडौंमा पूर्वउपसचिवको घरमा गोली प्रहार भएको छ। सोमबार राती कलंकीमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीका अनुसार घटनास्थलबाट सानो २.२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भएको छ । उनि भन्छन्, ‘यो किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुने गर्छ ।’

गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको सुवेदीले बताए । हालसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने देखाएको जनाइएको छ । तर, घटनापछि कसैको नियत थियोरथिएन भन्ने अझै निर्क्योल भइसकेको छैन ।

गोली झ्याल फोडेर घरभित्रै छिरेको छ। तर कसैलाई गोली भने लागेको छैन। गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन् । प्रहरीले शर्माका छिमेकी शोभाखर खनाललाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको राठौरले बताए।

खनालको घरबाट म्याग्नम बन्दुक, १२ बोरको अर्को बन्दुक र त्यसको सय राउन्ड गोली बरामद गरेको छ। घटना हुँदा खनालको घरमा उनीसहित १०२ वर्षका बाबु र श्रीमती थिए भने शर्माको घरमा उनीसहित उनकी छोरी र श्रीमती थिए।

खनालको घरबाट बरामद भएको बन्दुकबाट गोली चलेनचलेको परीक्षण ल्याबमा परीक्षण गरी अनुसन्धान गर्ने राठौरले बताए । ‘हामीले वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘गोली चलेको हतियारवाहक मानिस भेटिएपछि थप खुल्छ ।’

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार