• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जाने


साउन १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने भएका छन् । उनी उपचारका लागि सिंगापुर जान लागेका निजी चिकित्सक तथा मुटु रोग विशेषज्ञ डा अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओली साता अघि तिलगंगा आँखा अस्पतालको कार्यक्रममा भाग लिएर फर्किएदेखि अस्वस्थ छन् । छाउनीस्थिति सैनिक अस्पतालमा गरिएको परीक्षणमा ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको थियो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ जाने भएको बालुवाटार स्रोतले बताएको छ।

यता आज मंगलबार नैं नेकपाका अर्का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल र परिवारका सदस्य सहित दुवई तर्फ लागेका छन् । उनी शनिबार सम्म नफर्किए नेकपाले कार्यबाहक अध्यक्षको खोजी गर्नु पर्नेछ ।

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार