• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

अपराधी र भ्रष्टाचारी मर्नै पर्छः सांसद रावल


साउन १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपट रावलले अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताएका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसद रावलले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्।

उनले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य भएर अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताए । उनले भने,  ‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ, दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’

ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेकोबारेमा बोल्दै सांसदहरुले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने मत राखे।

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार