• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

आज खीर खाने दिन : यस्ता छन् खीर खाँदाका फाइदा ?


साउन १५, काठमाण्डौ । आज साउन १५ अर्थात् खीर खाने दिन । नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ ।

चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीले भिटामिन र मिनरल्स प्रदान गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा हो खीर ।

साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् ।

खीरका फाइदा

१. डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ ।

२. साउन महिनामा झरी पर्ने भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि दूधबाट बनेको खीर लाभदायक हुन्छ किनभने खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाइन्छ यसका साथै गाईको दूधबाट बनाएको खीरबाट भिटामिन ‘ए’ पर्याप्त मात्रामा पाइन्छ।

४. पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पाचन प्रक्रिया सहज हुन्छ ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार