• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा ३ जना सवार मोटरसाइकल दुर्घटना, ३ जना कै अवस्था गम्भीर


इन्द्र बुढाथोकी/साउन १५, सल्यान । सल्यानमा ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनै गम्भीर घाईते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीवजार देखि बालुवासँग्रही जाँदै गरेको लु ७ प २३२४ नम्बरको मोटरसाईकल आज मोटरसाइकल नगरको वडा न १ अम्रा नजिकै दुर्घटना भएको हो ।

दुर्घटना परि घाईते हुनेमा बनगाड कुपिण्डे नगरपालिका ११ नीवासि वर्ष १८ का जीवन कवर, सोहि स्थानका वर्ष १८ कै दिनेश थापा र गुर्भाकोट नगरपालिका, ७  सुर्खेतका वर्ष २७ का खिम वुढा रहेको प्रहरीले जनाएको छ ।

घाईते ३ जनालाई सल्लीवजारको जवन्धु पोलिक्निीकमा समान्य उपचार पछि थप उपचारको लागि  नेपालगञ्ज लिने तयारी भएको छ । घाईतेहरुको टाउको, हात  र छातीमा गम्भीर चोट लागेको छ । दुर्घटनाको कारण खुलेको छैन् । त्यस क्षेत्रमा मोटरसाइकल दुर्घटना बढिरहेको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार