• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

गजल…


झिकेर मुटुलाई चिहानमा राख्नुहोस् फरक पर्दैन
र थोत्रो चेहरा संमानमा राख्नुहोस् फरक पर्दैन।

बलात्कारिलाई ढाकछोप होइन,फाँसी नै हुनुपर्छ
यो नेपालको संविधानमा राख्नुहोस् फरक पर्दैन ।

“बा” तपाईं दुस्मनको नजरमा परिचीत हुनुहुन्छ
बरु आफ्नालाई अन्जानमा राख्नुहोस् फरक पर्दैन ।

बाँझो शरीर, ऐलानी धन्दा , फस्टाउनुदो ब्यापार हो
तपाईंको शरीर दोकानमा राख्नुहोस् फरक पर्दैन ।

यसरी बधशालामा पशुहरुको हत्या गरिनु भन्दा
मान्छेकै टाउको काटेर थानमा राख्नुहोस् फरक पर्दैन ।

सम्भावनाहरुलाई अवसरको खाँचो पर्छ सरकार
हजुरको एक नजर सल्यानमा राख्नुहोस् फरक पर्दैन।

प्रकाशित मिती २०७६ साउन १६ गते

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार