• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानबाट सुर्खेत जोड्ने सिधा बस सेवा ठप्प, तुल्सीपुर-कोहलपुर हुँदै सुर्खेतको यात्रा


मिना बुढाथोकी/ साउन १६, सल्यान । सल्यानको राजधानी सुर्खेत संग मोटरबाटो जोडिएको लामो समय बितेपनि पनि वर्षायाममा भने सडक अवरुद्द हुँदा राजधानी पुग्न जिल्लावासीलाइ समस्या हुने गरेको छ । खलंगा–बालुवा संग्रही हुँदै सुर्खेतसम्म करिब ४ घण्टामा पुग्ने बाटो बर्षतमा पहिरोका कारण पटक पटक अवरुद्द हुने भएपछि सिधा बस सेवा अवरुद्द  छ ।

जेठ महिनाको अन्तिम साता तिर संचालनमा आएको सल्यान–सुर्खेत सिधा बस सेवा वर्षातको समयमा आएर ठप्प हुँदा समस्या परेको शारदा नगरपालिका–८ का स्थानीय खुम बहादुर कवंरले बताए ।र ाजधानी सुर्खेतमा विभिन्न व्यक्तीगत र संस्थागत कामका लागी जानु पर्ने हुन्छ तर सिधा यातायात सेवा संचालनमा नुहँदा दाँग हुँदै आउने जाने गर्नुपर्ने भएकाले एक दिनमा हुने काम तिन,चार दिन सम्म लाग्ने गरेको उनले बताए ।

उनि जस्तै जिल्लाका अधिकाँस स्थानबाट राजधानीे पुग्ने व्यक्तीको सिधा बस सेवा अवरुद्द हुँदा समस्या भोग्नु परेको गुनासो छ । केही समय अघिमात्रै सिधा बस सेवा संचालन हुँदा जिल्लावासीलाइ राजधानी संम्म पुग्न सिहज भएको थियो तर एक महिना नपुग्दै सेवा ठप्प हुँदा समस्या परेको शारदा नगरपालिका – १० का वडाअध्यक्ष रेशम बुढाथोकीले बताए। ‘प्राय जसो राजधानी सुर्खेतमा काम पर्ने गरेकाले सिधा यातायात सेवा संचालन हुँदा जिल्लावासी लाइ सहज भएको थियो उनले भने, तर अहिले वर्षातको समयमा सेवा अवरुद्द हुँदा समस्या परेको छ ।’

जस्का कारण यहाँका स्थानीय प्रदेश पाँच को तुल्सीपुर–कोहलपुर हुँदै राजधानी सुर्खेतसम्म पुग्ने बाध्यता छ । यता प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले यस विषयमा पुर्वाधार विकास कार्यालयमा पत्र पठाइ सकेको बताए । प्रदेश राजधानीसंग जोड्ने मोटरबाटो मा वर्षातको समयमा आउने पहिरो हटाउन त्यस क्षेत्रमा डोजरको व्यवस्था गर्न सम्बन्धित नगरपालिका बनगाड कुपिण्डे नगरपालिका संग सहकार्य भइ रहेको उनले जानकारी दिए ।

अविरल वर्षातको समयमा जिल्लाका ग्रामीण भेगमा कच्चीसडक अवरद्द हुँदा स्थानीय लगायत अन्य सर्व साधारणलाइ वर्षेनी सास्ती भोग्नु परेको छ । अविरल वर्षातको शुरुवात संगै यहाँका दर्जन कच्ची सडक अवरुद्ध भएपछि ग्रामीण भेगमा सवारीसाधन संचालन हुन सकी रहेका छैनन् । ठाउँठाउँमा गएको पहिरो र सडक हिलाम्मे भएका कारण यातायात अवरुद्ध भएपछि स्थानीय लाई सास्ती हुने गरेको हो ।

पानी परेपछि सडक हिलाम्मे भएका,खाल्डाखुल्डी परेका र खोला बढेकाले जिल्लाको कुमाख गाउँपालिका,दार्मा गाउँपालिका र कालिमाटी गाउँपालिकाका स्थानीयले जोखिपुर्ण यात्रा गर्न बाध्य भएका छन् । पालिकासंग जोडिने कच्चीबाटो मा पानी नपरेको समयमा मात्र यातायातका साधन संचालन हुने र पानी परेको समयमा सडक अवरुद्द हुने भएकाले समस्या हुने गरेको सल्यान रुकुम यातायात व्यवसायी संघका अध्यक्ष अरविन्द कुमार राइले जानकारी दिए ।

वर्षा याममा पानी परेसंगै सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा यातायातका साधन संचालन अलपत्र पर्ने भएकाले सेवानै रोक्नु परेकोे उनले बताए । अविरल वर्षाका कारण खलंगा–बालुवासंग्रही, सल्लीबजार–चौरजहारी, सल्लीबजार–बामे, खलंगा–रामपुर–बालुवा, शीतलपाटी–चाँदेकरेन्जी, स्यानीखाल,  माल्नेटा लगायतका सडकमा यातायात अवरुद्ध हुँदै आएका छन् ।

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार