• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानको जारुमारेमा एनसेल टावर आगजनी


साउन १६, सल्यान । सल्यानमा अज्ञात समुहले एनसेलको टावरमाथी आगजनी गरेको छ । सल्यानको बागचौर नगरपालिका ५ शिवरथ जारुमारेमा रहेको एनसेल टावरमाथी गएराती अज्ञात समुहले आगजनी गरेको बताइएको छ ।

आगजनीबाट टावरमा रहेको दुईवटा सालरका प्यानलमध्ये एउटा पुर्ण रुपमा क्षेती भएको प्रहरीले बताएको छ । आगजनीबाट अन्य थप क्षतीको बारेमा खोजतलास भैरहेको प्रहरी श्रोतले बताएको छ ।

घटनाको कसैले जिम्मा नलिएको र कुनै पर्चा पनि नभेटिएकोले तत्काल केहि भन्न नसक्ने अवस्था भएको प्रहरीको भनार्य छ । तर राज्यलाई कर नतिरेको भन्दै अहिले ठाउँठाउँमा विप्लव नेकपाले टावर आगजनी गर्ने भएकोले त्यसमाथी प्रहरीको आशंका छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

फाइल फोटो

 

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार