• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा सासुलाई बला*त्कार गरेको आरोपमा ज्वाई पक्राउ


 

मिना बुढाथोकी/ साउन १६, सल्यान । सल्यानमा ५२ वर्षीया दिदी सासुलाइ बला*त्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय ज्वाईंलाई पक्राउ गरेको छ ।

सल्यान जिल्ला कपुरकोट गाउँपालिका –५ रीम निवासी बोल्न नसक्ने अपाँग दिदी सासुलाइ घरमा कोही नभएको मौका पारी बला*त्कार गरेको आरोपमा ज्वाईं नाता पर्ने युवकलाइ  साउन १५ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नर बहादुर खड्काले जानकारी दिए ।

साउन १४ गते दिउँसो घरमा कोही नभएको मौकामा माइतीमा बस्दै आएका ज्वाईंले बला*त्कार गरेको गाउँका महिलाले देखेपछि पिडीतका आफन्तलाई खबर गरेका थिए ।

घटना बारे थाहा पाएपछि पीडितका भाइ बुहारीले पीडितलाइ लिएर जिल्ला अदालत सल्यानमा मुद्दा दायर गर्न आएपछि जिल्ला स्थित सुरक्षित आवास गृहमा बस्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए ।

पीडितको स्वास्थ्य परिक्षण साउन १५ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ । आर्थिक अवस्था एकदमै कमजोर भएका पीडीतलाइ अदालतको पहुँच सम्म पुर्याउन इन्सेकको पहलमा यातायात खर्च उपलब्ध गराइएको इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीले बताइन् ।

घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

-फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार