• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानको मालपोत कार्यालयमा अनलाइन सेवा सुभारम्भ


हिमाल शर्मा/ साउन १६, सल्यान । मालपोत कार्यालय सल्यानले अनलाइन सेवा आफ्नो काम सुभारम्भ गरेको छ । कार्यालयलाई प्रविधि मैत्री बनाउने उद्देश्य बिहिबारदेखि सहित अनलाइन सेवा सुभारम्भ गरिएको कार्यालयले जनाएको छ ।

अनलाइन सेवा सुरु हुने मालपोत कार्यालय सल्यान ७७ औं कार्यालय बनेको छ । अनलाइन सेवाको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले अनलाइन सेवाले पारदर्शिता कार्यम गर्न सहयोग पुग्ने बताए । उनले अनलाइन सुेवा सुरु भएपछि अव सेवाग्राहीले घरमै बसेर सेवा लिनसक्ने भएकाले यो समयको माग भएको बताए ।

हरेक सेवाग्राहीको सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्ने समेत उनले दावी गरे । उनले भने ‘अव सल्यानमा कुनै पनि सेवाग्राहीले अनलाइन सेवा लिएमा त्यो सिधै सिंहदरवारमा अध्यावधिक हुने हुँदा कथम कदाचित भौतिक क्षति भएमा त्यो केन्द्रमा सुरक्षित हुने हुँदा अनलाईन सेवा निकै भरपर्दो रहेको छ ।’

मालपोतमा कुनै पनि कारोबार गर्दा सेवाग्राहीको मोवाइल नम्बरमा म्यासेज जानेहुँदा कसैले गलत काम गरी रहेको भएमा सम्बन्धित जग्गा धनिले तुरुन्तै कार्यालयमा गएर रोक्न सक्ने बताए । मालपोत कार्यालयका निमित्त मालपोत प्रमुख शोभाकर न्यौपानेले अनलाइन सेवा सुरु भएसँगै राजस्वको यर्थात एकिन गर्ने हुँदा सेवा ग्राही ठगिनबाट बच्ने बताए ।

भावि दिनमा कार्यालयमा कति राजस्व उठनन सक्यो भनेर यकिन गर्न समेत अनलाइन सेवा प्रभावकारी भएको दावी गरनुचएको छ  । अनलाइन सेवाका लागि सेवाग्राहीको औठाछाप, फोटो सहितको विवरण लिइने भएकाले फर्जी कामको समेत अन्त्य हुने बताए ।

शारदा नगरपालिका वडा न १२ स्यानीखालका सन्त बहादुर बुढाथोकीको वैत्तिक विवरण, फोटो सहितको विवरण राखेर अनलाइन सेवाको सुभारम्भ गरिएको हो । सुरुका दिनमा अनलाइनबाट काम गर्दा ढिला भएको अनुभुति गरे पनि पछिका दिनमा सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार