• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

गजलः भोलिबाट फेरि देशको सिमाना हुन्छ सिरानीमा…


  • लोकेश जलन

नागरिकता बनाई दिनु बा पासपोर्ट बनाउनु पर्यो ।
खाडी पुगेरै भए पनि दुईचार पैसा कमाउनु पर्यो ।

मेरो लागि त मालिक बचन छदैछ चट्कन छदैछ !
भाँडो रित्तिए पनि रित्तियोस हजुर अघाउनु पर्यो ।

सन्दुकको एककुनामा हासिरहेको उनको तस्बिर ,
कस्तो दिन आयो आज रुदै – रुदै जलाउनु पर्यो ।

भोलि बाट फेरि देशको सिमाना हुन्छ सिरानीमा !
प्यारी आजको रात तिम्रो छातीमा निदाउनु पर्यो ।

भन्ने गर्थें तिमी जून हौ साच्चै आज जून भैदियौ !
रत एउटा उदाउँदा जहिल्यै अर्को अस्ताउनु पर्यो ।

प्रकाशित मिती २०७६ साउन १७ गते

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार