• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा क्यान्सर पीडितलाई सहयोग गर्न चटपटे व्यापार


साउन १७, दाङ । दाङ तुलसीपुर १४ मलवारका बिपिन वलिको रक्त क्यान्सर उपचारको सहयोगकालागि तुलसीपुरमा चटपटे ब्यापार गरिएको छ ।
२० बर्षीय ओलीको यही बैशाखदेखि रक्त क्यान्सर भएको थियो । उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

आर्थिक अबस्था कम्जोर भएका कारण उपचारमा सहयोग पु-याउन तुलसीपुरका बिभिन्न क्रियाशिल संस्थाहरुको पहलमा चटपटे ब्यापार गरिएको हो । दाङ फिमेना गु्रप, राईटपाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्ड बिहीबार चटपटे बेचेका हुन् ।

आज करिब ४३ हजार एकसय ५७ रुपैँया आर्थिक सहयोग भएको राईट पाथका मेघराज ओलीले जानकारी दिए । उपचारका क्रममा ओलीको लाखौ रुपैँया खर्च भएको छ ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार