• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानबाट एसईईमा उत्कृष्ट हुने शिशिर बस्नेतलाई ५० हजार पुरस्कार


साउन १७, सल्यान । यो वर्ष सल्यानबाट एसईईमा उत्कृष्ट हुने शिशिर बस्नेतलाई ५०  हजार प्रदान गरिएको छ । बृहत सल्यान शैक्षिक कोषू अन्तर्गतको सर्बोत्कृष्ट एसईई सम्मान कार्यक्रम २०७६ बाट उनलाइ आज एक कार्यक्रमका विच पुरस्कार हस्तान्तरण गरिएको हो ।

सल्यानमा जन्मिएर अमेरीका बस्ने चलचित्र निर्देशक राजेन्द्र केसीले सौजन्य गरेको रकम माछापुच्छ्रे बैंकको चेकमार्फत हस्तान्तरण गरिएको कार्यक्रमको प्रवर्द्धन सल्यान दृष्टिकोणका ध्रुवराज वलीले जानकारी दिएका छन ।

सिद्धकुमाख १ बाँझकाँडाका बस्नेतले ब्राइट पर्ल एकेडेमीबाट सहभागी भइई एसईईको रिजल्टमा ३.७५ जिपिए ल्याएका थिए । राजेन्द्र केसीले नेप्टेक एजुकेशन फाउन्डेशन र ड्र्यागन एजुकेशन फाउन्डेशन पार्ट्नरको रूपमा सामाजिक कार्यमा सहकार्य गरेका छन ।

अघिल्लो बर्ष पनि ३।९० ल्याएर कर्णालीमा उत्कृष्ट बनेका बवि खड्कालाइ पनि सोहि राशिको रकमले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार