• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको ब्राइट पर्ल एकेडेमीले आफ्ना ५ सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गर्यो


साउन १७, सल्यान । सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको ब्राइट पर्ल एकेडेमीले आफ्ना विद्यार्थीको स्वास्थ्य जाँच गरेको छ । विद्यालयमा अध्ययनरत ५ सय ८० जना विद्यार्थीको विशेषज्ञ डाक्टरको नेतृत्वमा शुक्रबार स्वास्थ्य जाँच गरिएको हो ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका पुर्व डाक्टर मान बहादुर कोईरी सहित अन्य स्वास्थ्यकर्मीको उपस्थितीमा सम्पुर्ण विद्यार्थीहरुको रक्तचाप, नाक, कान, घाँटी, पेट तथा छाती र तौलको जाँच गरिएको विद्यलायका फाउन्डर दिपक बोहराले बताए । उनकाअनुसार विद्यालयल स्वास्थ्य जाँचका क्रममा फेला परेका बिरामीलाइ औषधी समेत वितरण गरिएको छ ।

यस्ता कार्यक्रमलाई विद्यालयले निरन्तरता दिने भन्दै फाउन्डर बोहराले विद्यार्थी स्वस्थ्य भएमा मात्रै ज्ञान लिन सक्ने भएकाले अविभावक पनि त्यसमा चनाखो बन्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार