• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

टिष्टा र काँगडा खोस्ने त्यो आन्तरिक तयारी हो !


  • गजल

जोगाउँदैन कमिलाले ए ! फूलका कुमारी हो
बच्नू ! नजर नि भमराको यौटा कुशल सिकारी हो

एकान्त एउटा वनमा शालिक परेड खेल्दैछन्
टिष्टा र काँगडा खोस्ने त्यो आन्तरिक तयारी हो

सोध्छन् अचेल धेरैले कति छ्स् नजिक खुशीसँग
भन्दिन्छु हर किनाराझैँ हाम्रो पनि चिनारी हो

भन्नेहरुले भन्दा हुन् सम्पत्ति छैन यो सँग
के ´था मगज र यो यौवन पैसा र खेतबारी हो

गन्तव्य छैन छोएको अझ सम्म बाको गोडाले
सायद जेठाजु गोडा हो गन्तव्य चैँ बुहारी हो ।।

लेखकः वसन्त ओली

प्रकाशित मिती २०७६ साउन १८ गते

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार