• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

“आफ्ना कर्तुत लुकाउन वडा अध्यक्षले नै वडा कार्यालय आगजनी गरे”


साउन १८, डोटी । गएको साउन ११ गते शनिबार डोटीको शिखर नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा भएको आगजनीमा सोहि वडाध्यक्षकै संग्लनता भएको विप्लव नेतृत्वको नेकपा डोटीले जनाएको छ । केहि मिडियाले सत्यतथ्य नै नबुझी उक्त घटनामा आफ्नो पार्टीको नाम जोडेर समाचार लेखेको भन्दै नेकपाले आफ्नो संग्लनता नभएर वडाध्यक्ष नर बहादुर बलायरको संलग्नता रहेको आरोप लगाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गदै विप्लव नेकपाले आफ्नो कालो कर्तुतमाथि पर्दा हाल्न वडाध्यक्षले आफै वडा कार्यालय जलाएको जनाएको छ । नेकपा डोटीका इन्चार्ज दौलत र सेक्रेटरी र कालु पान्डेले हस्ताक्षेर गरेको विज्ञप्तीमा भनिएको छ, ‘शिखर नगरपालिका ७ मा किन भयो त् आगलागी ? भन्ने हाम्रो अनुसन्धानमा स्वयम् वडाअध्यक्ष नर बहादुर बलायरको निर्देशनमा राति मदिरा सेवन गरी नाथ बलायरको नेतृत्वमा शेर बहादुर बोहोरा र नारद पुजाराको टीमले आफ्ना कर्मचारीले गरेको  कमजोरी र भ्रष्ट्राचार ढाकछोप गर्न जनताले उठाएका सवालहरुको जवाफ दिन नसकेपछि त्यहि कुरालाई अन्तै मोड्न आगजनी गरेको बुझिएको छ ।’

उक्त घटनामा आफ्नो पार्टीका नेता दिर्घ कुवरको नाम जोडेको भन्दै इन्चार्ज दौलत र सेक्रेटरी र पान्डेले कुवर बिगत ४ महिनादेखि पार्टी कामकै शिलशिलामा जिल्ला बाहिर रहेको प्रष्ट पारेका छन् । घटनामा आफ्नो पार्टीको कुनैपनि संग्लनता नभएको सो उक्त पार्टीले प्रष्ट पारेको छ । जिल्ला बाहिर रहेको अवस्थामा समेत नेता कार्यकर्ता र पार्टीकै बदनाम गराउने उदेश्यले वडाअध्यक्षले यस्तो षडयन्त्र रचेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच डोटीकै जोरायल नगरपालिका वडानम्बर ४ को कार्यालयमा समेत उस्तै प्रकृतिकको घटना देखिएको विप्लव नेकपाले जनाएको छ । जनप्रतिनिधिले गरेको आगजनीको बिषयलाई लिएर प्रहरीले गाउँ गाउँ पुगेर जनताको घरमा छापा हानिरहेको भन्दै नेकपाले उक्त सरकारी दमनको घोर विरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, “देश द्वन्दमा जाओस् भन्ने उदेश्यले केहि भ्रष्टहरुले पुलिसलाई सुराकी गर्ने व्यक्तिलाई कारवाही गर्न बाध्य हुने यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।”

यस्तो छ विज्ञप्ती

यो पनि पढ्नुहोस्: डोटीमा वडा कार्यालय आगजनी

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार