• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

‘राज्य पराजयको अन्तिम छट्पटीमा छ’


  • चन्द्र खड्का (असल)

आज नेपालमा नितान्त नौलो तर अनौठो परिस्थितिको सिर्जना भएको छ । एउटा कम्युनिस्ट नामको शक्ति सरकारको नेतृत्व गरिरहेको छ भने अर्को कम्युनिस्ट पार्टी यहि सत्ताका विरुद्ध क्रान्तिको ज्वारभाटा उठाइ रहेको छ । सरकारी कम्युनिस्ट र बिद्रोहि क्रान्तिकारी कम्युनिस्ट भनेर सामान्य जनमानसमा पनि चिनिने स्थिती बनेको छ ।

आज सरकारी नामधारी कम्युनिस्ट बदनाम हुदै गइरहेको छ, जनताको नजरमा गिर्दै र बदनाम बन्दै गैरहेको छ । भने अर्को क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थापित हुदै जनतामा झाँगिदै गैरहेको छ ।

सरकारी कम्युनिस्ट पार्टी कम्युनिस्ट कै नाममा कलंक रहेको तर्क नेपालका राजनितिक विश्लेषक, बुद्धिजीवी र सोहि पार्टीका नेता कार्यकर्ता पनि भन्न थालेका छ्न । नेपालमा कुनै कम्युनिस्ट सरकार बनेको प्रत्याभुती गर्नु त परै जावस जनता झन प्रताडित बनेका छ्न । कथित कम्युनिस्ट नामको सरकार बने पछि झनपछी झन जनताका मौलिक अधिकारहरु खोसिएका छ्न ।

जब नेपालमा कम्युनिस्ट नामधारिहरुको सरकार निर्माण भयो सरकार आफैले बिभिन्न काण्डहरु घटाउन थाल्यो । राज्यकै संरक्षणमा कयौं काण्डहरु भए भने कयांै अपराधीहरुलाई राज्य आफैले सुरक्षा गरेर लुकायो ।

दर्जनौ काण्ड मध्य निर्मला बलात्कार पछि हत्या काण्ड, सिन्डिकेट काण्ड, सुन काण्ड, म्यानपावर काण्ड, होलि वाइन काण्ड, वाइडबडी काण्ड, पछिल्लो चरणमा पार्टी प्रतिबन्ध काण्ड र दमन गिरफ्तार तथा हत्या काण्ड लगाएतका कयौं काण्डहरु चर्चित काण्डहरु हुन । महिलाहरुको बलात्कार गरेर हत्या गरिन्छ कम्युनिस्ट भनिएको सरकार आफै त्यसका प्रमाणहरु मेटाएर अपराधीलाइ बचाउछ, अबैध भनेर सुन भेटिन्छ तर ठुलो माछा समात्ने भनिन्छ साना माछा पनि छोडिन्छ सुन पनि गायब हुन्छ, वाइडबडी जहाज खरिदको नाममा अरबौ भ्रष्टाचार भएको ठहर हुन्छ तर कसैलाइ कारबाही गरिदैन भ्रष्टहरुलाई उल्टो प्रोत्साहन गरिन्छ ।

सरकारका प्रधानमन्त्री समेत सहभागी भएर कथित क्रिस्चियनको नाममा होलि वाइन पार्टी गरिन्छ । देशभर बिरोध हुन्छ सरकार कानमा तेलहालेर बस्छ । भ्रष्टाचार विरुद्ध ठुला ठुला बिरोध हुन्छन । तर भ्रष्ट तस्कर दलालहरु नै सरकारको उपल्लो तहमा पुग्छ्न ।

दिन दहाडै मान्छे मारिनु, ठगिनु, बलत्कार हुनु, लुटिनु, खोसिनु, गिरफ्तार हुनु, जेल हिरासत पर्नु आदि कथित नामधारी कम्युनिस्ट सरकारको उपहार नै बनेको छ । कम्युनिस्ट नामधारी सत्ता सच्चा कम्युनिस्टहरुको समेत बदनाम हुने गरि काण्डहरु मच्चाइ रहेको छ जो देश जनता र राष्ट्रको निम्ती दुर्भाग्यपुर्ण हो ।

यि सब कारणले बदनाम बन्दै गैरहेको दलाल पुजिबादी संसदिय सत्ता सच्चा क्रान्तिकारी पार्टी नेकपा प्रती झन पछि झन असहिष्णु व्यबहार गर्दै आएको छ । ज्ञात नै छ विप्लव नेतृत्वको नेकपा जन्मकाल देखी राज्यको उच्च ओहदामा बसेर अकुत सम्पती थुपार्ने भ्रष्ट तस्कर दलाल र राष्ट्रघातिहरु माथी कारबाही गर्दै आएको छ ।

नेपालमा एक क्रान्तिकारी पहिचान बनाउन सफल नेकपा पछिल्लो चरण सम्म आइपुग्दा जनताको सच्चा मुक्तिदाताको रुपमा स्थापित भएको छ । जनयुद्धको सपना बोकेको तर एकीकृत जनक्रान्तिको नयाँ  बिचार बोकेको कम्युनिस्ट पार्टी जनतामा एकपछी अर्को रुपमा स्थापित हुदै गएको छ । भ्रष्ट तस्कर र दलालहरुलाइ जनताको क्रान्तिकारी पार्टीले  कारबाही गर्दै गैरहेको छ ।

Ncell माथिको कारबाही यसको ज्वलन्त उदाहरण हो । जनतालाई ठगेर अरबौंको सम्पती बिदेश लिने तर नेपाललाई कर समेत तिर्न नपर्ने संस्था माथी कारबाही गर्नु जायज मात्र हैन अनिवार्य थियो, तर त्यसको रक्षाकबज सत्ता बन्नु दुर्भाग्यपूर्ण बनेको छ ।

आज राज्य ठग, भ्रस्ट, तस्कर, दलाल र माफियाहरुको संरक्षक बन्दै गएको छ । क्रान्तिकारी शक्ती ठग, भ्रष्ट, तस्कर, दलाल र माफियाहरुको जालोलाई ध्वस्त बनाउन चाहन्छ । दलाल पुजिबाद र माफियाहरुको हातबाट चलिरहेको राज्य ब्यबस्था जनताको हातमा ल्याएर समुनत बैज्ञानिक समाजबाद स्थापना गर्न चाहन्छ ।

के यो कुरा बेठिक हो ? माफियाहरु दलालहरुले राज्य सत्ताको बागडोर सम्माल्ने तर जनताले उनका आदेश फर्मानहरु आखा चिम्लेर पालना गर्नु पर्ने के यहि ब्यबस्थालाइ सहि मान्न सकिन्छ ? यो कदापी सहि कुरा हैन । यो ब्यबस्था मान्न सम्भव छैन । मान्न सकिदैन । फलस्वरूप आज कम्युनिस्ट नामधारी सत्ता क्रान्तिकारी जनता कार्यकर्ता र नेतामा दमनको निति अख्तियार गरेको छ ।

आफ्नो गुम्न लागेको सत्ता रक्षाको निम्ति क्रान्तिकारी पार्टीलाई प्रतिबन्ध लगाइएको छ । भेला सम्मेलन सभा जुलुस गर्न निशेध गरिएको छ । स्वतन्त्र रुपमा हिडडुल गर्न समेत  प्रतिबन्ध छ । कयौ क्रान्तिकारी योद्धाहरुलाइ जेल हिरासतका छिडिमा सडाइएको छ ।

पछिल्लो चरणमा गिरफ्तार पछि निर्ममतापुर्बक यातना र हत्याको शृङ्खला बढाइको छ ।  तीन जना क्रान्तिकारी योद्धाहरुको हत्या गरिएको छ । यो देख्दा सहज भन्न सकिन्छ राज्य निर्मम दमन र हत्याको नितिद्वारा असमत बिचार र क्रान्तिकारी शक्तिको समाप्त गर्न चाहन्छ । दमनको सहारामा सत्ताको आयु लम्बाएर नेपाली जनतामा राज गर्न चाहन्छ ।

आजसम्म जाने मानेको सत्य कुरा के हो भने जब राज्य जनताबाट बहिस्कृत हुदै जान्छ, बदनाम हुदै जान्छ उसले बन्दुकको सहारामा सत्ता टिकाउने प्रपन्च गर्दछ । अहिले नेपालमा पनि दलाल पुजिबादी सत्ता एकपछी अर्को रुपमा बदनाम र जनताबाट बहिस्कृत बन्दै गैरहेको छ । परिणाम उसले क्रान्तिकारी जनताको आवाज कुल्चन बन्दुकको सहारा लिएको छ ।

भोजपुर सर्लाही लगाएतका घटना त्यसकै उपज हुन । तर अर्को तर्फ सर्बसत्य कुरा के हो भने आज सम्म दुनियामा न दमनले कुनै प्रतिक्रियावादी सत्ता टिकिरहेको छ न क्रान्तिकारिहरु कतै पराजित भएका छ्न । नेपालमा क्रान्तिकारी शक्ती निर्माणको छोटै समयमा सत्तालाई हल्लाउन सक्ने ठाउँमा मात्र आइपुगेको छैन् ।  देशभर नयाँ जनसत्ता निर्माणको नबिन चरणमा छ ।

खरानिमा भेटिएको सानो झिल्कोबाट सुरु भएको क्रान्तिकारी शक्ती आज देश बिदेशसम्म यसको सकारात्मक प्रभाव पर्दै गएको छ र स्थापित भएको छ । बिस्तारै बिस्तारै प्रतिक्रियावादी शक्ती माथी क्रान्तिकारी शक्ती हावी हुदै गैरहेको छ । यहि कारण आफ्ना अपराध लुकाउन जनतामा गिर्दै गैरहेको छ्बी डाइभर्ट गर्न राज्य आफै ब्यक्ती हत्यामा उत्रेर युद्धको घोषणा गर्न पुगेको छ ।

परिणाम त जनताका सर्बोतम छोराछोरिको हत्या गरेर क्रान्तिकारी बिचार राजनितिलाई समाप्त गर्न सकिन्छ भन्ने खेलमा सत्ता लागेको प्रष्ट भएको छ । बिभिन्न ढङ्ले बदनामी कमाउदै असफल भएको राज्य अब धेरै ट्क्न असम्भव प्रायः  नै छ । जसलाई पराजयको अन्तिम छट्पटाहट भन्न सकिन्छ ।

प्रतिबन्ध दमन र ब्यक्ती हत्या सम्मको विश्लेशन गर्दा राज्य असफल पराजित बन्दै गएको छ,  भने क्रान्तिकारी शक्ती स्थापित प्रज्वलित र बिजयी बन्दै गैरहेको छ ।

यहि परिबेशमा पछिल्लो चरणमा वार्ताको कुरा जोडतोडका रुपमा गाउँ समाज र शहरका मिडियाहरुमा हल्लाखल्ला सहित चलिरहेको छ । कतै अनऔपचारिक रुपमा वार्ता भएको, कतै औपचारिकताको तयारी आदि इत्यादी ।

यो हल्ला खल्ला सत्यमा भन्दा पनि बढी हल्ला र षड्यन्त्रका रुपमा राज्यले दमनको पुर्वाभ्यासको रुपमा गरेको तथ्य पुष्टी भैसकेको छ । क्रान्तिको बिजयको निम्ती वार्ता अनिवार्य कुरा हैन वार्ता एक कार्यनैतिक प्रश्न मात्र हो ।

आवश्यकतामा गर्न पनि सकिन्छ, अनिवार्य गर्न पर्छ भन्ने हुदैन । आज राज्य बाहिर वार्ताको ढ्वाङ फुकेर नेता कार्यकर्ताको हत्या, गिरफ्तारी र दमन गर्दै वार्ताको हुइया गरिरहेको छ । राज्य षडयन्त्र पुर्वक क्रान्तिकारी शक्तिलाइ समाप्त गर्न चाहन्छ । त्यही षड्यन्त्रको एउटा कडि वार्ता बनाएको बुझिन्छ ।

क्रान्तिकारी शक्तिलाई फसाउने चालको रुपमा वार्ताको जाल विछ्याएको देखिन्छ । यस्तो षड्यन्त्रलाई वार्ता भन्नु र गर्नु क्रान्तिकारी शक्ती फस्नु हो । अझ सरकारका प्रबक्ता तथा सुचना सन्चार मन्त्रीको भाषा कुनै वार्ता गर्ने खालकै छैन ।

उनले त सिधै आत्मसमर्पण गर्न आवहान गरेका छन । हामिले बनाएको कानुन मान्नु पर्छ, हामिले बनाएको संविधान मान्नु पर्छ, हतियार बुझाउनु पर्छ । यहि कानुन र संविधान नै सर्बोसर्वा हो । यो नमाने ध्वस्त बनाइन्छ लगएतका जनयुद्धको शुरुवाती चरण २०५३÷०५४ को सरकारले बोल्ने भाषा प्रयोग गरेका छन ।

आफ्नै धोती फुस्केको पत्तो नपाउनेले अरुलाई धम्की दिएर तह लगाउने कुरा गर्दछन । यहि संविधान, कानुन र ब्यबस्था प्रतिको असहमती नै अहिलेको क्रान्तिको ज्वाला हो भन्ने कुरा न्युनतम रुपमा बुझ्नु पर्छ  । यहि ब्यबस्था मान्नलाई क्रान्तिको ज्वाला बाल्नै पर्दैन्थ्यो । यदि यत्ति कुरा पनि नस्वकार्ने हो भने कसरी वार्ता सम्भव होला ?

यहि ब्यबस्था मान्न त वार्ता नै गर्न पर्दैन । सिधै निर्वाचन आयोग गएर दल दर्ता गरे पुगि हाल्छ । जो यहि अबस्थामा असम्भव कुरा हो । त्यसकारण वार्ता प्रती सत्ता नै षड्यन्त्रपुर्ण र गैर जिम्मेवारपुर्ण तरिका अपनाइरहेको छ । अहिले वार्ता भनेर प्रचण्ड बनाउने खेल चलिरहेको हुनु पर्दछ ।

अब प्रचण्ड बन्न सम्भव छैन । प्रचण्ड मोडेल फेलियर मोडेल हो । वार्ता कुटनितिक पहल र बिद्रोह भन्दै आत्मसमर्पन गर्ने गराउने बिसर्जन हुने मोडेल जानेमानेकै मोडेल हो । त्यो मोडेलबाट नया शिक्षा लिएर निर्माण भएको आजको क्रान्तीकारी पार्टी उहि पुरानै गल्ती दोहर्याउने पक्षमा छैन् ।

दोहर्याउन पनि सम्भव छैन । तर वार्ता नै नगर्ने, नहुने भने कदापी हैन । नेपाली क्रान्तिकारी जनताले जित्ने अबस्थामा मात्र वार्ता हुन सक्दछ । नेकपा अहिले नै हतियार उठाइसकेको स्थितिमा छैन, युद्धको घोषणा नि भएको स्थिती हैन । राज्यले एकलौटी रुपमा क्रान्तिकारी नेता कार्यकर्ताको हत्या गर्दै हिडेको छ ।

यदि नेकपाले पनि हतियार उठायो भने ठुलो रक्तपात हुन सक्दछ । हत्या गिरफ्तारी र दमन राज्यले रोकेन भने हतियार उठाउनु बाध्यात्मक कदम बन्न जान्छ । त्यो हतियार न्याय संगत र न्यायपुर्ण नै हुने छ । अन्यायका बिरुद्ध न्यायको हतियार उठनु नाजायज हैन ।

यदि राज्यले जिम्मेवारीपुर्ण व्यवहार गर्ने हो भने अहिले नै हतियार नउठन सक्छ । त्यसको लागी जिम्मेवारपुर्ण राजनितिक व्यवहार नै हो । त्यस भित्र वार्ता संवादहरु हुन सक्छन । तर राज्य षड्यन्त्रपुर्बक फसाउने वार्ताको जाल बिछ्याएर राख्ने त्यो जालमा फस्न जाने कथित वार्ता क्रान्तिकारिहरुले खारेज गर्न पर्दछ ।

यदि राज्यले वार्ता नै गर्न चाहेको हो भने प्रतिबन्ध फुकुवा गरेर नेकपालाई राजनिक व्यवहार गरिन पर्दछ । गिरफ्तार नेता कार्यकर्ताको स–सम्मान रिहाई गरिनु पर्दछ र वातावरण बनाउन पर्दछ । दमन गर्ने षड्यन्त्रको रुपमा वार्ताको कार्ड प्रयोग बन्द गर्नु पर्दछ ।

यदि राज्यले दमन गर्दै जाने हो भने पछिल्लो अर्को चरणमा हुने वार्ता सत्ता सेना र हतियार सहित हुनेछ । त्यो परिस्थिति धेरै फरक भैसकेको हुनेछ । गोयवल्स शैलिमा पत्रकार सम्मेलन गरेर धम्काएर डराएर आत्मसमर्पण गर्ने स्थानमा क्रान्तिकारी शक्ती छैन ।

महासचिव क. विप्लवको भनाइ अनुसार क्रान्ती भनेको पुरानोको ध्वस र नयाँको निर्माण हो । वार्ता बैज्ञानिक समाजबादी ब्यबस्था निर्माणको निम्ती हुन सक्दछ । जनताबाट बदनाम र तिरस्कृत बन्दै गैरहेको दलाल पुजिबादी ब्यबस्थाको रक्षाको निम्ती वार्ता असम्भव छ । वार्ता अग्रगामी परिबर्तन र नयाँ राजनितिक ब्यबस्थाको लागी हुन सक्दछ ।

वार्ता क्रान्तिकारीका निम्ती नितान्त कार्यनैतिक प्रश्न हो । वार्ताबाट के के न प्राप्त भै हाल्ने कुरा पनि हैन । वार्ता गर्नै नहुने प्रश्न पनि हैन । वार्ताले क्रान्तिको सेवा गर्नु पर्दछ र परिवर्तनको दिशा समात्नु पर्दछ । प्रतिक्रियावादी जाल झेल र तिकडमहरु बाट आफ्नो शक्ती र क्रान्तिको रक्षा गर्दै वार्तालाइ सामान्य कडिको रुपमा उपयोग गर्नु पर्दछ । तर मुल प्रस्न क्रान्तिको रक्षा र निरन्तरता नै हो ।

अप्रिल थेसिस भन्दै र माओको छुङ्किङ वार्ताको चर्चा गर्दै गर्दा प्रचण्डहरुले क्रान्तिको डुङ्गा डुबाएको इतिहासबाट पनि गहिरो शिक्षा लिन जरुरी हुन्छ । कथित वार्ता भनेर पुरानै खाडलमा पस्न हुदैन । सारमा राज्यले दमनकारी चरित्रमा कुनै बदलाब ल्याउदैन र राजनीतिक व्यबहार गर्दैन भने वार्ता असम्भ्व प्राय छ ।

वार्ता गर्ने वा युद्ध सबै कुरा राज्यकै हातमा छ । क्रान्तिकारी शक्ती अब दुइवटै कुराको निम्ती तयार छ ।

लेखक विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिती २०७६ साउन १९ गते

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार