• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा ट्याक्टरबाट खस्दा एक ब्यक्तिको ज्यान गयो ।


साउन १९, दाङ । गएराति तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रजेनीबाट जसपुरतर्फ जाँदै गरेको ट्याक्टरमा सवार सोही ठाउँका ४५ बर्षीय रामकृष्ण चौधरीको गुडिरहेको ट्याक्टर बाट खस्दा ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

लु १ त ३४३५ नम्बरको ट्याक्टरबाट खस्दा गम्भीर घाईते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक चौधरी ट्याक्टर चालकका दाई हुन् । दुर्घटनापछि  ट्याक्टर चालक फरार रहेका छन भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार