• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको त्रिवेणी गाउँपालिकाले गरिब घरपरिवारलाई सोलार दियो


साउन २०, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले गरिब तथा दलित समुदायलाई सौर्य उर्जा वितरण गरेको छ । आर्थिक रुपमा विपन्न भएका कुल ६ वटा वडाका ५४ घरधुरीलाई गाउँपालिकाले सोलार वितरण गरेको हो ।

विद्युत पुगेपनी आर्थिक अबस्था कमजोर भई मिटरबक्स समेत किन्न नसक्ने परिवारहरु भएकोले प्रति वटा ९ घरलाई सोलार दिएको गाउपालिले जनाएको छ । वितरण गरिएको सोलार ५ वटा बल्भ तथा मोबाईल चार्ज गर्न सकिने ५० वाटको रहेको छ ।

यसअघि महंगो मुल्यमा मटितेल किनेर टुक्ली बाल्दै आएको र अहिले सोलार पाउँदा खुसी लागेको वडा नं. ६ कि बिमला नेपालीले बताईन । यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार