• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सिधाकुरा जनतासँग’ कार्यक्रममा रिपोर्टिङ गर्ने शालिकराम पुडासैनी मृत अबस्थामा भेटिए


साउन २१, चितवन । न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा लामोसमयसम्म रिपोर्टिङ गरेका शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवन पुगेका पुडासैनीले सोमबार राति पोखरा बसपार्कस्थित होटल कंगारुमा मृत भेटिएका हुन् ।

प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको थियो । पर्समा रहेको परिचय पत्र र होटलमा लेखाएको नामको आधारमा पत्रकार पुडासैनीको नुवाकोट स्थित घरपरिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।

उनी होटलको एक कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेको बताइए पनि प्रहरी घटनास्थलमा पुग्दा कोठाको ढोका खुल्ला अवस्थामा भेटिएको बताइएको छ। सो ढोका होटल मालिक आफैले धकेलेर फुटाई खोलेको होटल मालिकले दाबी गरेका छन्।

उनी भरतपुर कहिले आए र किन आए भन्ने बारेमा स्पष्ट खुल्न बाँकी छ। प्रहरीले उनकोहत्या भएको हो कि आत्महत्या भएको हो भन्ने बारेमा छानबिन भैरहेको जानकारी दिएको छ ।

पुडासैनी लामो समय न्युज २४ मा रबि लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन् । हालैमात्र उनी सो टेलिभिजन छाडेर माउन्टेन टेलिभिजनमा त्यस्तै प्रकृतिको कार्यक्रम चलाउन गएका थिए।

उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए। उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार