• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङमा १७ जना सवार बस दुर्घटना


साउन २१, दाङ । दाङ तुलसीपुरदेखि नारायणगढ जाँदै गरेको बस घोराही १० गुज्रे खोलामा दुर्घटना भएको छ । करिब १७ जना यात्रु बोकेर हिडेको ना ६ ख ६४३१ नम्बरको बस आज दिउँसो पौने १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि आधा दर्जन यात्रु घाइते भएका छन ।घाइतेहरु लाई अहिले घोराही र तुलसीपुरका अस्पतालमा लगिएको छ ।

तिब्र गति र ओभरट्याग गर्न खोज्दा गाडी दुर्घटना भएको यात्रुले बताएका छन् । गाडी चालक फरार भएको प्रहरीले जनाएको छ । बस सडकदेखि १० मिटर तल खेतमाा खसेको छ ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार