• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङमा खुल्यो कपडा बैंक


साउन २१, दाङ । दाङको तुलसीपुरमा पनि कपडा बैंक खुलेको छ। यो बैंकवाट सित्तैमा पुराना कपडा लैजान र कपडा छोड्न पाइने भएको छ ।

तुलसीपुरको बसपार्कमा खुलेको गरिव दुःखी लत्ता कपडा सहायता केन्द्रको मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।जसको नेतृत्व यातायात व्यवसायी भिमसेन लहरेले गरेका छन् । अध्यक्ष लहरेले काठमान्डौं लगाएका स्थानमा यस्तै निशुल्क कपडा पाइने बैंकहरु खुलेको खवर मिडियामा सुनेर आँफुहरुले पनि सल्लाह गरेर खोलेको बताए ।

कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरशे हमाल, सहायता केन्द्रका सचिव प्रकाश भट्ट, नेपाल यायातायात मजदुर संगठनका जिल्ला अध्यक्ष सुवर्ण राज भण्डारी लगाएतले मन्तव्य राखेका थिए । उनिहरुले साहेता केन्द्रलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

कपडा लगाउन नसक्ने गरिव दुःखीलाई लक्षित गरि कपडा साहेता केन्द्र संचालनमा ल्याइएको बताईएको छ । घरमा रहेका पुनारा कपडा ल्याइदिन र कोहीले आँफुलाई मन परेको कपडा छानेर लैजान सक्ने सहायता केन्द्रले जनाएको छ ।

सित्तैमा एक जोडा कपडा लिन पाएपछि तुलसीपुर ९ थर्कुडाँडाका रामबहादुर सुनार र उनका सानो छोरा कमलले औधि खुसी लागेको प्रतिक्रिया दिएका थिए । बबई गाउँपालिकाको सुन्दरखाल निवासी एक अर्का बालक दिपक नेपालीले पनि छानेर सित्तैमा कपडा लैजान पाएकोमा खुसी व्यक्त गरेका थिए ।

उनले यसले आफुजस्ता गरिव सुमुदायका व्यक्ति र बालबालिकालाई राम्रो हुने प्रतिक्रिया दिए । कार्यक्रम गरिव दुःखी लत्ता कपडा साहेता केन्द्रका अध्यक्ष भिमसेन लहरेको अध्यक्षतामा भएको थियो भने सहजीकरण पत्रकार शरद रेग्मीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार