• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा प्रदेश सरकारबाट १ अर्ब १२ करोड बजेट विनियोजन, कुन गाउँमा कति ? (सुचिसहित)


साउन २२, सल्यान । कर्णाली प्रदेश सरकारले सल्यान जिल्लामा १ अर्ब रुपैँया बढी बजेट विनियोजन गरेको छ । सल्यानको लागी चालु आर्थिक वर्ष २०७६÷०७७ को लागी १ अर्ब १२ करोड ५२ लाख रुपैँया बजेट बिनियोजन भएको हो ।

कर्णाली प्रदेश सरकारका बिभिन्न मन्त्रालय अन्र्तगतका सल्यानमा पर्ने १ सय ८६ वटा योजनाको लागी विनियोजन गरिएको छ । जसमा सबैभन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगतका ८२ वटा योजनाहरु छनोटमा परेका छन् ।

भौतिक पुर्वधारको लागी ८७ करोड, ९१ लाख रुपैँया विनियोजन भएको छ । यस्तै सामाजिक विकास मन्त्रालयबाट २८ वटा योजनाको लागी ९ करोड ९० लाख बजेट विनियाजन भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट २६ योजनाको लागी ७ करोड ९१ लाख र भुमि व्यवस्था, कुषि तथा सहकारी मन्त्रालयबाट ४९ वटा योजनाको लागी सामाजिक विकास मन्त्रालय अन्र्तगतका २८ वटा योजनाको लागी ६ करोड ८० लाख बजेट छुट्याइएको छ ।

साउन महिना भित्रमा आबश्यक नयाँ निति निर्माण तथा संशोधन गरेर भदौँ १ गते देखी योजना कार्यान्वयन गर्न शुरु गरिने सल्यान प्रदेश सभा ‘ख’ का सांसद समेत रहेका कर्णाली प्रदेश सरकारका आर्थिक, मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । ‘योजना हेरेर उपभोक्ता समिती र टेण्डर प्रक्रियाबाट काम शुरु गरिने छ, यसको लागी कात्र्तिक महिना देखी निर्माण र सामाग्री खरिदको काम शुरु हुन्छ’, उनले भने, ‘समयमा नै योजनाहरु सम्पन्न गर्नको लागी प्रदेश सरकार लागी परेको छ ।’

यस्तै सल्यान प्रदेश सभा ‘क’ बाट निर्बा्चित प्रदेशसभा सदस्य गुलावजंग शाहले जिल्लाको समग्र विकासको लागी थुप्रै बजेट भित्रिएको बताए । उनले जिल्लामा भित्रिएको अर्बौ बजेटको सही तरिकाले कार्यान्वयन गर्नुपर्नेमा बताए ।

हेर्नुहोस् जिल्लाभरी यसरी योजना बनाएर छुट्याइएको छ बजेट

 

 

 

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार