• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सिम्ता गाउँपालिकाले कामदारलाई अझै दिएन् प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला


इन्द्र बुढाथोकी/ साउन २२, सल्यान । सुर्खेत सिम्ता गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका लेवरले एक महिना सम्म काम गरेको ज्याला नपाएको भन्दै गुनासो गरेका छन । २०७६ असार भित्रै योजना सम्पन्न गरि ज्याला पाउनु पर्नेमा सिम्ता गाउपालिका ९ वडाका १७ योजनामा काम गर्ने  २०३ जना ज्यामिले काम गरेको पैसा पाएका छैनन् ।

आफुहरु बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म काम गरे  पनि पैसा नपाएको जुम्लेखाली पोखरी निर्माणका संयोजक मोहन चन्दले जानकारी दिएका छन । म लगाएत सिम्ता गाउपालिका भित्रका ९ वडाका २०३ जना हामी काम गरि खाने ज्यामिले १ महिना बितनै लाग्दा पनि असारमा पाउने पैसा अहिले सम्म पनि नपाएको भन्दै उनले दुखेसो पोखेका छन।स्थानीय सरकारले नै हामी काम गरि खाने वर्गलाई ठगेपछि अन्यले पनि हामीहरुलाइ यसरी नै श्रम सोसन गरेर ठग्नमा झन बल पुग्ने अर्का ज्यामी दिल बहादुर वलिले बताएका छन ।

यता सिम्ता गाउपालिका प्रधानमन्त्री रोजगार संयोजक हरि बहादुर बुढाले काम गर्ने लेबरले पैसा नपाएको स्विकार्दै गाउपालिका भित्र  १७ वडा योजनाको कुनै पनि भुक्तानी नभएको बताएका छन । गाउपालिकाको खातामा आएको सबै पैसा अनेत्र खर्च भएको र केन्द्र सरकार बाट आउने राजस्व बाँडफाडको १ करोड ५० लाख गाउँ पालिकामा आउन बाँकि रहेकोले काम गरेको ज्यामिको भुक्तानी पैसा पाउन बाकी रहेको उनले जानकारी दिएका छन ।

आफ्नो गाउपालिकामा २५ लाख पैसा आएको तर प्राविधिक स्टमेट अनुसार १५ लाख मात्रै खर्च भएको उनले बताएका छन । केन्द्र सरकारले गाउँपालिकाको खातामा बजेट पठाएको र सबै अधिकार गाउपालिकालाई भएका कारण आफ्नो क्षेत्रको पैसा पनि आफुले गाउपालिकाले अन्य योजनामा दिएकाले अहिले समस्या आएको रोजगार सयोजक बुढाले जानकारी दिए ।

गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसिले पनि आफुहरुले काम गराएर पैसा नदिएको सत्य भएको भन्दै स्विकार्दै उनले केन्द्र सरकारलेनै ठगेका कारण समस्या भएको बताएका छन । गाउँ पालिकालाइ केन्द्र सरकारले दिने १ करोड ५० लाख राजस्व वाडफाडको बजेट दिन बाकी रहेकोले यस्तो समस्या आएको अध्यक्ष केसिले बताएका छन ।

गाउँपालिकामा प्रधानमन्त्री रोजगार  १७ वटा योजना सहित गाउँ पालिकाका अन्य योजना गरि गाउपालिका बाट १ करोड ५० लाख भुक्तानी गर्न बाकी रहेको अध्यक्ष केसिले बताएका छन । केन्द्र सरकारले २५ गते भित्र राजस्व  बाडफाडको पैसा गाउपालिकाको खातामा पठाउन साथ आफुहरुले तत्काल काम गरेका ज्यामी लगाएत अन्य योजनाको बजेट भुक्तानी गरिदिने गाउँपालिका अध्यक्ष  केसिले बताएका छन ।

यो पनिः प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिम्ता गाउँपालिकामा सडकको दायाँबायाँ वृक्षरोपण

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार