• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

यो दिल बाटै भागे दिलमा बसेका, खै कुन बाटो लागे दिलमा बसेका…


पहिलो मुक्तक 

नबच्ने यो गरेर जतन यादगार हुदोरहेछ
भुल्छु भन्दा झनूझन यादगार हुदोरहेछ
मानवीय जीवनमा पाएर गुमेको एउटा
अमुल्य त्यो  बचपन  यादगार हुदोरहेछ ।

दोस्रो मुक्तक 

यो दिल बाटै भागे दिलमा बसेका
खै कुन बाटो लागे दिलमा बसेका
कट्ठै द्वन्द कालमा सारै ग्रसत थिए
निधन भएकि जागे दिलमा बसेका ।

तेस्रो मुक्तक

डुल्छ हरपल  फनफन कहाँ गर्ने होला
बताइयोस् न मान्यजन कहाँ गर्ने होला
न भेटियो धामीझाँक्री न भेटियो डाक्टर
दुख्ने  मनको अपरेसन कहाँ गर्ने होला ।

चौथो मुक्तक 

श्वास  मन्द  मन्द  भयो तिमी नहुदा
मन  मुटुको  द्वन्द  भयो तिमी नहुदा
पुर्व पश्चिम टल्ने प्यारको गाडी चल्ने
मनको सडक बन्द भयो तिमी नहुदा ।

पाचौँ मुक्तक

पार  गर्दागर्दै  जटिल  खाली भएकोछ
बनाई  आशुँ  टिलपिल खाली भएकोछ
दुस्खसँग लडेर पनि कडा संघर्ष गरेर पनि
हुनाले जिन्दगी मुस्किल खाली भएकोछ ।

लेखक सुनिल राना ‘बिरही’ सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ निवासी हुन्

प्रकाशित मिती २०७६ साउन २३ गते

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार