• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

एउटा ठोस चुनौती उभ्याएर नासाको अगाडि, माया जोखेर देखाइदिन्छु म काँटाको अगाडि


एउटा ठोस चुनौती उभ्याएर नासाको अगाडि,
माया जोखेर देखाइदिन्छु म काँटाको अगाडि ।

आफन्त दु:खमा र प्रियसी अभावमा चिनियो,
शून्य रहेछ अरूको माया त आमाको अगाडि ।

जुन भाँडोसंग नजिकिन्छ उसैलाई रित्याउँछ,
होसियार रहनुहोस् महासय चम्चाको अगाडि ।

आकृति उस्तै देख्छु जसको अनुहार हेरे पनि,
तिम्रै तस्वीर झुन्डेछ क्यारे आँखाको अगाडि ।

दुनियाँ भन्दा आफैंलाई चिन्न बहुत कठिन छ,
चित्र देखिन्छ चरित्र देखिँदैन ऐनाको अगाडि ।

लेखक अभि क्षेत्रि ‘समर्पण’ दाङ तुलसीपुर निवासी हुन् 

प्रकाशित मिती २०७६ साउन २३ गते

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार