• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा यसरी मनाइयो विश्व स्तानपान सप्ताह ?


साउन २३, सल्यान । “आमाबाबुको सक्षमता स्तनपानको सफलता” भन्ने मुल नाराका साथ श्राबण १६ देखि २२ गतेसम्म सप्ताह ब्यापीरुपमा विश्व भरि मनाइरहेको २७ औं स्तनपान सप्ताह सल्यानमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समूहहरुमा मनाईएको यस कार्यक्रममा दलित विकास समाज, सुआहारा कार्यक्रमबाट प्राविधिक सहयोग गरिएको थियो ।

यसै अवसरमा सप्ताहको अन्तिम दिन हिजो शारदा नगरपालिकाको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा श्रीनगरमा रहेको खलंगा स्वास्थ्य चौकीमा पनि स्तानपान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा शारदा नगर प्रमूख सरेश अधिकारीको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमूख अधिकारीले यस बर्षको नगरसभाबाट स्वास्थ्य र पोषणको क्षेत्रमा प्रयाप्त रकम विनियोजन गरेको बताए । उनले उक्त रकम स्वास्थ्य र पोषण सम्बन्धि बिभिन्न क्रियाकलापहरु संचालनमा खर्च गर्नको लागी जिल्लामा संचालित सुआहारा कार्यक्रमसँग समन्वय गरि कार्यक्रम गर्न नगरपालिका स्वास्थ्य शाखालाई निर्देशन दिए ।

यसैगरी शारदा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज बुढाथोकीले अहिलेको समाजमा पश्चिमा सस्कृतीको सिको गर्दै स्तनपान गराउदा शारिरीक बनावट बिग्रने देखि अनेक बहानामा आफ्ना बालवालिकाहरुलाई स्तनपान नगराउने आमाहरुको संख्या बढदो क्रममा रहेको स्मरण गराए । यसले आगामी दिनमा देशमा योग्य नागरिक उत्पादनमा समस्या देखिने उनले बताए ।

कार्यक्रममा सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक अमृत पौडेले सहि तरिकाले स्तनपान गराउदा गरिने सहि आसन र सम्पर्कको वारेमा सहभागीहरुलाई जानकारी गराए । कार्यक्रममा स्तनपानको महत्व र यसका फाईदाहरुको बारेमा दलित विकास समाजका फिल्ड सुपरभाईजर हरिकला बिष्टले प्रस्ट्याएकी थिइन् ।

कार्यक्रममा शारदा नगरपालिकाका जन प्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्य चौकी खलंगाका कर्मचारीहरु, महिला स्वास्थ्य स्वयं सेबिका, हजार दिनका आमाहरु, सुआहारा र दलित बिकास समाज सल्यानका कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिका स्वास्थ्य संयोजक रबिन्द्र बिष्टले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार