• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ग्राभेल गरिएको सडक हिलोपत्रे बन्यो, साढे ८ करोड बजेट स्वाहा (भिडियो सहित)


साउन २४, सल्यान । सल्यानको थारमारेबाट रुकुमको चौरजहारी जोड्ने सडक वर्षातले बिग्रीएर हिलाम्य हुँदा यात्रुहरुलाई सास्ती भएको छ । ग्रामीण राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत ८ करोड ४४ लाख रुपैयाँ खर्चिएर गतवर्ष मात्रै ग्राभेल गरेर सकिएको सडक एक वर्षमै भत्किएपछि अहिले हिलोपत्रे जस्तै भएको छ ।

सडक हिलाम्य भएपछि यात्रुले आवतजावतमा सास्ती भोग्नुपरेको छ । विषेशगरी बाइकमा यात्रा गर्नेहरुले धेरै सास्ती खेप्नुपरेको एक यात्रीले बताए । यो सडकमा अहिले बस संचालन बन्द भएको छ ।

सडक सबैभन्दा धेरै बागचौर नगरपालिका भित्र बिग्रिएको छ । थारमारे चोरखोलादेखि चोरपानीसम्म सडक सबैभन्दा धेरै हिलाम्य भएकाले सधैं गाडी फस्ने गरेको यात्रुहरु बताउछन् ।

थारमारेदेखि बडागाउँ तलको जंगलसम्म ग्रामीण राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सडक ग्राभेल गरिएको थियो । त्यस उता भने कुमाख गाउँपालिकाले सामान्य आफ्नो खर्चमा ग्राभेल गरेको थियो । कुमाख गाउँपालिका भित्र खासै सडक नबिग्रीए पनि बागचौरको क्षेत्रमा सडक बिग्रीएको छ । ग्राभेल सबै सकिएर यो सडक अब कालोपत्रे गर्ने बेला भएको थियो ।

ठेकेदारको लापरबाहीका कारण ग्राभेल उत्रिएको स्थानीयको आरोप छ । सडकको जिम्मा रोशन एण्ड धनञ्जय जेबीले पाएको थियो ।ठेकेदारले ग्राभेल गर्ने नाममा माटोमात्रै बिछ्याएकाले सडक पहिलाभन्दा बिग्रिएको चोरपानीका एक स्थानीले बताए ।

उनले भने, ‘सुरुसुरुमा काम गरेजस्तो ठीकै देखियो । काम सम्पन्न गरेको तीनरचार महिनादेखि सडकको अवस्था पहिलेको भन्दा खराब भयो, ठेकेदार कम्पनीले सडक स्तरवृद्धिमा लापरबाही गरेकै हो । लापरबाही नगरेको भए यति छिट्टै बिग्रने थिएन ।’

हेर्नुहोस् पुतलिबास आसपासमा हिलाम्य सडकको भिडियो

 

यसैबिच दार्मा गाउँपालिकाको केन्द्रमा पनि जोडिने यो सडकको  मौलहाल्नेदेखि फारुलातिरको तलको भागमा पनि सडकको हालत उस्तै छ । यहाँको बाटो ग्राभेल नभएकोले पानी परेपछि सडक अबरुद्ध हुने गरेको छ ।

गतवर्ष मात्रै दार्मा गाउँपालिकाले करोडौं बजेट खर्च गरेर डबल कटिङ र डिपिआर समेत गरेको थियो । तर गा्रभेल हुन नसक्दा वर्षातमा समस्या भएको स्थानीयको भनाई छ ।

 

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार