• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा सतप्रतिशत नतिजा ल्याएपछि विद्यार्थीले जेष्ठ नागरिकलाई फलफुल वितरण गरे


साउन २४, दाङ । दाङको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सतप्रतिशत नतिजा ल्याएको उपलक्षमा जेष्ठ नागरिकलाई फलफुल तथा जुस वितरण गरेका छन् ।

घोराहीमा रहेको अम्बेकेश्वरी क्याम्पसमा अध्ययनरत बि.सि.य. संकाय अन्तर्गत पहिलो बर्षको दोस्रो सेमेस्टर (२०७५ पहिलो ब्याज)का विद्यार्थीहरुले सतप्रतिशन नजिता ल्याएको उपलक्षमा शुक्रबार जेष्ठ नागरिकहरुलाई फलफुल तथा जुस वितरण गरेका हुन् । उनिहरुले घोराहि उपमहानगरपालिका १६ तेरौटे स्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा पुगेर वृद्धवृद्धाहरुलाई फलफुल तथा जुस वितरण गरेका हुन् ।

यो क्याम्पसमा उक्त संकायमा जम्मा २५ जना विद्यार्थी अध्ययनरत छन् । जसमा सबै विद्यार्थी उत्तिर्न भएको बि.सि.य. कार्यक्रम संयोजक नवराज बसेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार