• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

त्रिशूली बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५ पुग्यो, २० भन्दा बढी अझै बेपत्ता


साउन २४, धादिङ । शुक्रबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । मोडमा पुगेपछि घुमाउन खोज्दा बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

सर्लाहीका ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम र ठेगाना नखुलेको एक जना पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमाव वैदवारले बताउनुभयो । यसैगरी नदीले बगाएर ल्याउँदै गरेको अवस्थामा मुग्लिन नजिकैबाट २ जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १६ जनाको उपचार भैरहेको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी, र ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार