• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

धादिङमा तनावः बालुवा झिकेको खाल्डोमा परेर दुई जनाको मृत्यु, ३ वटा डोजर आगजनी


साउन २५, धादिङ । धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका ६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ। मृत्यु भएपछि स्थानीयले डोजर आगजनी गरेका छन् ।

खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका ७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो । उनीहरुसँगै नुहाउन गएका दुई जनाले भने पौडेर ज्यान बचाएका छन् ।

बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर युवाहरूको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले डोजरमा आगजनी गरेका छन् । बालुवा निकाल्न प्रयोग भएका तीन वटा डोजरमा आगो लगाइदिएका हुन्।

घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार