• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

विप्लव निकट कलाकार खेम थपलिया गिरफ्तार


साउन २५, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट कलाकार तथा लेखक खेम थपलिया गिरफ्तार परेका छन् ।

शनिवार बागबजारस्थित पद्मकन्या क्याम्पस नजिकै आफ्नो कोठाबाट अप्राहन्न साढे ४ बजेतिर अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव समेत रहेका थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार