• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

श्रीनगरमा विरोध प्रदर्शन, प्रहरीले हान्यो अश्रु ग्यास र हवाइ फायर


साउन २५, भारत । भारत शासित जम्मु कश्मिरको मुख्य शहर श्रीनगरमा हजारौँको संख्या प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास प्रहार भएको कतारी सञ्चार माध्यम अल-जजिराले जनाएको छ।

केन्द्र सरकारले जुम्मु कश्मिरको विशेष अधिकारलाई खारेज गरिदिएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका प्रदर्शनकारी लक्षित गरिए सुरक्षाकर्मीले अश्रुग्यास र हवाइ फाएर गरेको हो । शुक्रबार दिउँसोको नवाजपछि हजारौँको संख्यामा रहेका प्रदर्शनकारी कर्फ्यूलाई व्यवस्था गरेर नाराजुलुस गर्दै श्रीनगरको केन्द्रतिर बढ्न खोजेका थिए ।

उनीहरूले कालो झण्डा लिएर हातमा हात राख्दै ‘वि वान्ट फ्रिडम’ र ‘अनुच्छेद ३७० हटाउनु हामीलाई स्वीकार्य छैन’लगायत नारा लेखेका ब्यानरसहित प्रदर्शनमा उत्रिएको अलजजिराले उल्लेख गरेको छ । भारतको केन्द्र सरकारले जम्मु कश्मिरलाई दुई भागमा बाँडेर लद्दाखलाई छुट्टै राज्य बनाउने निर्णय गरेको छ ।

अब यी दुवै राज्य केन्द्र सरकारको शासित क्षेत्रअन्तर्गत रहनेछन् । यहाँको सुरक्षा व्यवस्थालाई मध्यनगर गर्दै केन्द्र सरकारले १० हजार अतिरिक्त सुरक्षाकर्मीसमेत पठाएको छ ।

त्यस्तै अर्को समाचार संस्था रोयटर्सले पनि उक्त क्षेत्रमा शुक्रबार प्रदर्शन भएको उल्लेख गरेको छ। उसले स्थानीय सुरक्षा अधिकारीको भनाइ उद्धृत् गर्दै उक्त विरोध प्रदर्शनमा १० हजार मानिसहरू उत्रिएको जनाएको छ। ती अधिकारीका अनुसार प्रदर्शनकारी श्रीनगरको दक्षिणी क्षेत्रबाट केन्द्रतर्फ अगाडि बढेका थिए, पछि उनीहरूलाई सुरक्षाकर्मीले आइवा ब्रिजबाट फिर्ता पठाएको थियो।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार