• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

कैलालीमा गुडिरहेको गाडीमा एक्कासी आगलागी


साउन २५, कैलाली । कैलालीको टीकापुरमा गुडिरहेको गाडीमा एक्कासी आगलागी भएको छ।

टीकापुरको शैलेश्वरी ड्राइभिङ सेन्टरको बा ७ च ८३०९ नम्बरको गाडी गुड्दागुडै आज आगलागी भएको हो। टीकापुरको पार्क रोडमा सिकारुहरुले चलाई रहेको अवस्थामा आगलागी भएको टीकापुर प्रहरीले जानकारी दिएको छ।

कुनै मानविय क्षती नभएपनि गाडीमा क्षती पुगेको टीकापुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताए। आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार