• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङ देउखुरी ग्यास बिक्रेता संघको अध्यक्षमा श्रेष्ठ चयन


साउन २५, दाङ । दाङ देउखुरी ग्यास बिक्रेता संघको अध्यक्षमा युवा व्यवसायी सन्तोष श्रेष्ठ चयन भएका छन् । शनिबार घोराहीमा भएको विशेष साधारणसभाले यस अघि भएको निर्वाचनमा सर्बसम्मत चयन भएका श्रेष्ठलाई पुस्तिका हस्तान्तरण गरि पदभार ग्रहण गराएको हो ।

यस्तै संघको उपाध्यक्षमा लालमणि आचार्य, सचिवमा यादब श्रेष्ठ, कोषाध्यक्षमा तिलक बहादुर रोका क्षेत्री र सहसचिवमा लोकबहादुर वली सर्बसम्मत चयन भएका छन् । संघको सदस्यहरुमा गोपाल आचार्य, शेषमणि खनाल, रमेश चौधरी, कोमल राज पाण्डे र महिला सदस्यहरुमा माया बेल्बासे, ईश्वरा लम्साल चयन भएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष नरेश कार्कीले वर्तमान अध्यक्ष सन्तोष श्रेष्ठलाई पदभार गराएका थिए । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघघका महासचिव तथा संघका संस्थापक अध्यक्ष नरेश कार्कीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजङग शाहको विशिष्ट आतित्थ्यतामा भएको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यावसायिक एकता अनिवार्य रहेको बताएका थिए ।

उनीहरूले जिल्लामा रहेका सबै ग्यास बिक्रेताहरुलाई संघमा एकतावद्ध गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा ग्यास विक्रेता महासंघका केन्द्रीय सदस्य लालबहादुर केसी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, संघका प्रदेश सचिब सचिन पौडेल, सल्लाहकार ठाकुर सुवेदी, ब्यवसायी, शरद कुमार आचार्य, प्रकाश खनाल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार