• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा अज्ञात समूहद्वारा गाउँपालिका अध्यक्षको गाडी आगजनी


साउन २६, दाङ । दाङमा गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी भएको छ । शनिबार मध्यरातमा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको अवस्थामा उक्त गाडी कसले र किन आगजनी गरेको हो भन्ने कुरा खुल्न नसकेको एसपी पाण्डेले बताए ।

रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो । बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन । तर प्रहरीले भने राज्यद्धारा प्रतिवन्धित पार्टी विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने पूर्वानुमान गरेको छ ।

 

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार