• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

कपिलबस्तुमा गाउंपालिका अध्यक्षको नयां स्कार्पियोमा आगजनी


साउन २६, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउंपालिकाको नयां स्कार्पियो गाडीमा गए राती आगजनी भएको छ । राती साढे १० बजेतिर अज्ञात समुहबाट आगजनी भएको हो ।

आगजनीबाट गरी गाडी पूर्ण रुपमा क्षति भएको छ । गाउंपालिकाको कामकाज सकेर सदरमुकाम तौलिहवा स्थित आफ्नो भाडाको निवासमा फर्की निवास अगाडी पार्किगमा राखिएको लु १ झ ४०० नंम्वरको स्कार्पियो गाडी आगजनी भएको गाउंपालिका प्रमुख चौधरीले बताए ।

आगजनीको बारेमा आफुलाई अन्य कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए । राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।

विप्लब नेतृत्वको नेकपाको सरकारी गाडीलाई कारवाही गर्ने निति अनुरुप गाडीमा आगजनी भएको हुन सक्ने आशंका गरिएको छ । तर आगजनीको जिम्मेवारी भने अझै कसैले लिएको छैन ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार