• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान, रुकुम र जाजरकोटमा आज भारी बर्षा ! सर्तक रहन महाशाखाको आग्रह


साउन २६, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सर्तकता सूचनाअनुसार आज आइतवार कर्णाली प्रदेशका जाजरकोट, सल्यान र रूकुममा भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले सजगता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

नदी तटीय क्षेत्र, पहिरोग्रस्त क्षेत्रमा रहनेलाई सजग रहन आग्रह गरेको छ भने यात्रा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राजधानी काठमाडौंमा पनि आज विहानैदेखि बर्षा भइरहेको छ ।

 

आइतबार बिहानको मापनअनुसार कन्काई, कोशी, कमला, बागमती नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीलगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा रहेको छ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार