• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ४ नाल बन्दुक सहित दुईजना पक्राउ


साउन २६, सल्यान । सल्यानमा अवैध रुपमा राखिएको ४ नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका वडा न ५ बालुवा मनिकापुरका ७० का  चन्द्र बहादुर रोका र ६७ वर्षिय टेक बहादुर कुमाललाई अवैध हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको गस्ती टोलीले घरमा अवैध रुपमा राखेको चार नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवैलाई हिरासतमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार