• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुरमा तीज रमझम कार्यक्रमको तयारि तिब्र हुँदै’


राजन के.सी २७ साउन,तुलसीपुर / दाङको तुलसीपुरमा तीज रमझम कार्यक्रम हुने भएको छ । मिडिया नेपाल दाङ्गको आयोजनामा यहि भदौ ६ र ७ गते अरणिको मैदानमा हुन लागेको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिईएको छ ।

रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी गराएको थियोे । रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत, सुचना पत्र साप्ताहिकका सम्पादक बंशीकुमार शर्मा, मिडिया नेपाल दाङका अध्यक्ष तेज वलि, आर्थिक संयोजक एसबि वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार