• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

युवा दिवसमा युवाले बिरामीलाई फलफुल वितरण गरे


साउन २७, दाङ । आज अगस्त १२ तारिख अर्थात अन्र्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विरामीहरुलाई युवाहरूले फलफुल वितरण गरेका हुन् ।

नमुना युवा संसद नेपाल तुलसीपुर दाङको आयोजना तथा जिल्ला युवा परिषद समिति र नयाँ पाईला पुनस्थापना तुलसीपुरको सहकार्यमा फलफुल वितरण गरिएको हो ।

तुलसीपुरका नमुना राष्ट्रपति मदन भुसालको अध्यक्षतामा एवं तुलसीपुर उपमहानगरपालिका कार्यापालिका सदस्य दिपक कुमालको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।तुलसीपुरका नमुना प्रधानमन्त्री टेकराज केसीको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो ।

यसैविच सोहि अवसरमा दंगीशरण गाउँपालिकाका नमुना प्रधानमन्त्री सि.एम विश्वकर्माले पनि आफनो जन्म दिन परेको भन्दै विरामीलाई फलफुल वितरण गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार