• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

कालिकोटमा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते


साउन २७, कालिकोट । कालिकोटमा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते भएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट कर्णबिर शाही घाइते भएका हुन् ।

आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला उनलाई भालुले आक्रमण गरेको हो । भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताए।

गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष शाहीले बताए। ‘गाउँमा मकै प्रसस्त हुन्छ। मकै खान भालु गाउँमा पसेको हुनसक्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार