• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाका एक विद्यार्थी कार्यकर्ता गिरफ्तार


फाइल फोटो

साउन २७, सल्यान । सल्यानमा सरकारद्वार प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एकजना विद्यार्थी कार्यकर्ता गिरफ्तार भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ६ बडागाउँका १९ वर्षिय अनिल विकलाई प्रहरीले आइतबार गिरफ्तार गरेको हो ।

उनि सो पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन कुमाख गाउँपालिकाको इन्चार्ज हुन् । बम विस्फोटको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।उता अखिल क्रान्तिकारी सल्यानले राजनितीक आस्थाकै कारण विद्यार्थीलाई गिरफ्तारी गरिनु निन्दनीय भएको जनाएको छ । उक्त संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले शान्तिपुर्ण तरिकाले आफ्नै पढाईको सिलशिलामा रहेका विद्यार्थीलाई गिरफ्तार गर्नु सरकारको फाँसिबादी चरित्र भएको बताए ।

 

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार