• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

कुर्सिकै निम्ति लछारपछार जति गर्दा पनि, देशले फेर्न सकेन अनुहार जति गर्दा पनि


  • समीर संघर्ष “सुमन”

कुर्सिकै निम्ति लछारपछार जति गर्दा पनि
देशले फेर्न सकेन अनुहार जति गर्दा पनि।

घरि सुन भित्रिन्छ यतै, घरि डोजर चल्छ यतै
सरकार हेरेर बस्छ लाचार जति गर्दा पनि।

देशले हामी युंवालाई रोजगारी देला भन्नु त
असफल देखिन्छ बारबार जति गर्दा पनि।

कसैले पागल बनाएर गएको यो मन लाई
गर्न सकिनँ स्याहार सुसार जति गर्दा पनि

अथाह प्रयास गरेको थिएँ मान्छे बन्न लाई त
केवल बनियो यार गजलकार जति गर्दा पनि

लेखक भेरिगंगा नगरपालिका ११ रामघाट सुर्खेत निवासी हुन्

प्रकाशित २०७६ साउन २७ गते

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार