• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

“चलचित्र पत्रकार संघको आयोजनामा चलचित्र पत्रकारिता कार्यशाला हुदै”


साउन २७,काठमाडौं–चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र बिकाश बोर्डको सहकार्यमा यहि भाद्र १८,१९ र २० गते पोखरामा चलचित्र पत्रकारिता कार्यशाला गोष्ठी सम्पन्न गर्ने भएको छ ।

संघले आइतबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले चलचित्र पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिबृदी गर्नको लागि आयोजना गर्न लागिएको संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

चलचित्र पत्रकारिता गरिरहेका पत्रकारले सहभागी हुन पाउने कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र संघको कार्यलयमा नाम दर्ता गर्न सकिनेछ । कार्यक्रममा पुराना तथा अनुभबी पत्रकारले आफ्नो अनुभबको बारेमा ज्ञान दिईने बताईएको छ । 

कार्यशालाले पत्रकारुलाई पत्रकारिता आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा बिभिन्न जानकारी प्राप्त हुदै क्षमताको विकास हुने अध्यक्ष सापकोटाले बताए ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार