• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

दाङमा विद्यार्थीलाई पास गराइदिन्छु भन्दै १० हजार घुस लिने एक शिक्षक पक्राउ


साउन २८, दाङ । विद्यार्थीलाई पास गराइदिन्छु भन्दै १० हजार रुपैैँया घुस माग्ने एक शिक्षक दाङमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले घोराही स्थित मावि रझेनाका एक शिक्षकलाई सोमबार १० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रबेश परिक्षामा पास गराउन सहिजकरण गरिदिने भन्दै विद्यार्थीहरुबाट १० हजार रुपैयाँ लिदै गर्दा अख्तियारको टोलीले शिक्षक गणेश केसीलाई रंगेहात पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।

परिक्षार्थीहरु सँग घुस रकम बुझ्न लागेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेर आएको टोली केसीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन ।

अख्तियारको नियन्त्रणमा रहेका केसीका बारेमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार