• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

खैराबाङ मन्दिरकाे इतिहास


खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अवस्थित खैराबाङ मन्दिर साविकको हिवल्चा गाविसमा पर्दछ । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भम्रण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो ।

पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.स. १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किम्बदन्तीमा उल्लेख छ ।

धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बाग्लुङ, दाङ, रुकुम, रोल्पा, प्यूठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाण्डौं, ललितपुर, भक्तपुर लगाएत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट पनि दर्शन गर्न भक्तजनहरु आउने गर्दछन् ।

खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिणमा पर्दछ । मन्दिरमा पुग्नलाई चारैचिरबाट कच्चि रिङरोड बनाइएको छ । खैराबाङ पुग्न राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट ३० मिनेटको सवारी यात्रा तथा २ घण्टाको पैदल यात्रामार्फत सकिन्छ ।

त्यस्तै खैराबाङ मन्दिर पुग्नलाई सदरमुकाम खलंगाबाट साहुटोल, दुलधारा पोखरा, मार्के, मदना, हिवल्चा हुँदै पुग्न सकिन्छ । यो सडकमा सल्यानको पश्चिम क्षेत्रबाट आउनेहरुलाई सहज हुन्छ भने राप्ती राजमार्ग प्रयोग गर्नेहरुलाई श्रीनगरबाट सहज हुन्छ ।

यहाँ विद्युत सेवा उपलब्ध छ, मन्दिर २७ रोपनी जग्गामा फैलिएको छ । मन्दिर संरक्षण र सम्वद्र्धनको लागि गुठीको पनि व्यवस्था गरिएको छ । भक्तजनहरुको धेरै उपस्थिति हुने भएकाले बस्नका लागि सानो धर्मशाला समेत बनाइएको छ ।

यस मन्दिरमा पित्तलको नयाँ भगवतीको मूर्ति समेत स्थापना गरिएको छ । २०७५ साल मंसिर महिनामा स्थापना गरिएको मन्दिरमा मूर्ति भएपनि पहिलेकै मूर्तिको रुवरुप झल्को दिन नयाँ मूर्ति स्थापना गरिएको हो । मूर्तिसँगै ठूलाठूला दुईवटा बाघपनि राखिएको छ ।

खैराबाङ मन्दिरको थप ब्रिफिङ…

धार्मिक शास्त्र अनुसार नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र मन्दिर हो खैराबाङ । परापुर्वकालमा एक महिलाले घाँस काट्न जाँदा जंगलमा नौमती बाजा बजेको सुनेपछि सबै गाउँलेलाई बोलाइन् ।

बाँझको रुखमुनिको फेदैमा खड्ग निसानाको खुडा तलमाथि गर्दा आवाज आइरहेको देखेर उनीहरू सब आश्चर्यचकित भए । त्यही रात गाँउको एक पण्डितको सपनामा समेत देवी प्रकट भएसँगै त्यहाँ मन्दिर बनाई पुजाआजाको सुरुवात भएको किंवदन्ती छ ।

पद्याकल्पको दोस्रा सत्य युगमा दक्षप्रजापतीको यज्ञ बाट सतीदेवीको, लास बोकेर श्री शिवभ्रमण गर्दा यो खैरावाङलाई विश्व भनिन्थ्यो । पछि कालान्तर पछि खैरावाङ भन्न थालिएको हो । यहाँ शिव अर्धा्ङ्गिनी सतिदेविको बाउस्तन पतन भएको थियो ।

विश्वपिट श्रि भवानी भगवती उत्पन्न हुनुभएको हो । यहाँ आई द्धापरमा श्रि कृष्णले तपस्या गर्नुभयो फेरि पनि यसैस्थानमा शिव आई पुग्दा श्रि शिव अर्धा्ङ्गिनी सतिदेविको मृगौला पतन भएको थियो ।

यि दुवै अंग एकै स्थानमा पतन भएकाले दुवै देवी दुवै शिवलिङ्ग दुवैयोगिनी एउटै स्थानमा हुदा अन्य पिठ भन्दा दोब्बर दैविक शक्ति छ । दुबै शिव लिङ्ग हाल कलीयुग सम्म गोप्य रहनुभएको छ । जहाँ स्तन पतन प्वाल छ । सोहि स्थानका तल ५००० हजार हातमा शिवलिङ्ग विराजमान रहनुभएको छ । ।

त्यहाँ जानद्धार बन्दछ । केवल वायु र पुष्पको सुगन्ध त्यहाँ गईपुग्दछ । मानिस जान सक्ने बाटो छैन । गोप्य रहनुभएको छ । स्तन पतन प्वालमात्र सदृस्य छ । योगिनी श्री भैरव सम्मुख पूर्व तर्फको टाकुरामा विराजमान हुनुहुन्छ । यस पवित्र पुण्यभुमी विश्व खैरावाङ्गमा श्री शिव अर्धा्ङ्गिनी सतिदेविको अंग पतनभएको वि.सं. २०६८ साल सम्म ३,७७,१०,५७,३,९८ वर्ष भए ।

यसको प्रमाण,स्कन्द पुरान, ब्रामण्ड पुरान प्रत्यक्ष प्रमाणित छन । मानिसले स्थापना गरेकि भगवती हैनन् । पहिले पतनभएका समयमा शिवलिङ्ग देखिन्थ्यो । पद्याकल्प समाप्त भई श्री श्वेत बाराह कल्प लाग्दन पृथ्वी धास्सियर धेरै तल शिवलिङ्ग अहश्य रुपले रहनुभएको छ । त्यहाँ केवल दक्षिणतर्फ खोला बाट प्वाल हुदा वायूभित्र जान्छ । श्री कृष्णले तप गरेको भुमी पनि सहश्य छ ।

त्यसमा हिमर्मर जस्ता श्वेत शिला श्री कृष्णशन अवस्थित छन । बाउस्तन पतन प्वालका सिधै तल जमिन मुनी स्थित हुुनुहुन्छ । सो स्थान र शिवलिङ्गको प्रत्यक्ष दर्शन उन्ती सोचौ घडिको सत्य युगबाट मात्र पाईने छ । जो पृथ्वीको दक्षिण पुर्वीभाग चुक्कियर जाने छ । अनि दर्शन मिल्ने छ ।

यो माथी टाकुरामा बाउ स्तन मृगौला पतन भएको स्थान पनि द्धापर युग अठ्ठाई सोचौ घडिसम्म गोप्य गुप्त थियो । श्री भवानी भगवतीलाई प्रकट हुन मन लागेपछि एकदिन एउटा स्त्री घास काटन गईन । यो प्वालमा भयङ्कर बाँझकोरुख थियो ।

साहि बाँझका फेद जरामा विशाल प्वाँल गियो सोहि प्वाँल बाट आफै समय समयमा तलवार खङ्ग निस्कन्थ्यो । त्यो तलवार जुन गाँउमा देखिन्थ्यो । त्यो गाउँमा एक अत्याचारी मानिसको मृत्यु हुन्थ्यो ।

त्यो तलवार कहिले चैवाङ्ग कहिले वडाखोलामा,कहिले साईलकन्द कहिले ढार मार्के हिवल्चा खैरावाङ्ग दिनमा देखिन्थ्यो । रातमा सोहि खैरावाङ्ग बाँझका रुखमनि प्वाँलमा गएर पस्थ्या । यो क्रम करिब त्रेता युग बाटै प्रारम्भ थियो । घाँस काटनगएकि स्वास्नी मानिस बाँझका रुखमा चढेर बाझ काटदैथिईन रे ?

त्यही समयमा डम्फु, झयाली, दमाह, शंङख, घण्ट र नौमतिबाजा बजेको अवाज आयो । चारैतिर हेरिन । कहि काँही केहि देखिएन । अनि रुख तल्तीर पुजा आराधना गरेको आवाज सुनिन । त्यस पछि आर्लिन । ओर्लेर त्यहि प्वालमा हेरिन । प्वालमा तरवार छ । प्वाल एकदम तल छ । प्वालमा दुध जस्ता भरि पानी छ ।

त्यो देखेर उनी घर आईन । सबै कुरा परिवारहरु सँग भनिन अनि परिवार अघुवा सोध्नका लागि वाहुन गाँउ आए । अनि उनिहरु वहुन सहित त्यसठाउमा हेर्न आए । हेर्दा र सुन्नदा भगवतिकै दृष्टान्त हो भनि थाह पाए । घरमा आई खानाखाएर सुतेपछि रातमा ति वाहुनलाई सपना भयो ।

यि ब्राहनादाश ! म साक्षत भगवती हुँ । आजभन्दा तिन दिन पछि घट्ठस्थापना प्रारम्भ हुदैछ । प्रतिपदा घट्ठस्थापना देखि तिमीले मेरो दैनिक पुजागर्नु । पुजागर्दा गर्ने दैनिक कार्य सुन ! आफुले गर्ने दिश जंगल गै स्तुती गरि मेरो पधेरामा स्नान गर्नं जानु । जो पधेराको जल अमृत समान छ ।

त्यो जलको एकबुद छिटा शरिरमा पर्ने वित्तिकै उस्कृमन बुद्धि बस्छ । जो मुल सिधा उत्तर फर्केको छ । त्यही स्नान गर्नृ । जल ल्याउनु । जल छर्की शुद्ध पार्नु । जौ तिल कुश राखी पंचायन देव पुजा विधीबाट पुजा गर्नु । साझ विहान नै पुजा गर्नु । अनि सप्तमीका दिन नवपत्रिका सहित पूmलपाती भित्रयाउनु फुपाती आफ्ना जवाई सम्वन्धी नातालाई काफ्ली खोलाबाट ल्याउन पठाउनु ।

पाती ल्याउनका अघिल्लो दिन ब्रत रहनु । स्त्री प्रसङ्ग नगर्नु पाती पर्छेर पाती ल्याउनेलाई एक ठेकि दहि र एक घडि केरा आधा रोट दिनु । दिप नैबेध टक्रयाई पाठ गर्नु । र अष्टमीका दिन पुजा पाठ गरि बली दिनु ।

नवमीका लिन ब्राहमन द्धारा हवण गराई पञ्चवली संकल्प गरि पुजा पाठ पूर्णाहुती गर्नु अनि मेरो खडक हातमा लिई रातो रुमालले मुख बाँधि भैरवथान गएर तान्त्रिक विधिले पुजा आराधना गरि धुप दिप दैवेध चढाई खड्ग राख्नु । पञ्चवलि दिनु । गोदान भुयशी गरि नौ कन्या को पुजागरि भोजन गराउनु ।

ब्राहमन, कन्या, योगीहरुलाई दक्षिणा दिनु । अनि आफुले भोजन गर्नु र दशमिका दिन तान्त्रिक विधिले पुजा आराधाना नैवेध सर्मपन गरि जमरा र अक्षता चढाउनु फुलपाती विर्सजन गरि विजयादशमिको टिका लगाउनु परिवारलाई लगाईदिनु ।

मेरो पुजा छुटेको तिन युग भयो । अब देखि तिमिले पुजा गरे भनि राजमास्वन्पा ब्रहामदाश दाई दिएपछि वि.सं. १५५८ देखि खैरावाङ्ग श्री भुवनेश्वरिको नित्य पुजा हुनलागेको हो । पहिले बाँझकै पेडमा पुजा गरिन्थ्यो । केहि बर्षपछि बाझ ढलेर गएपछि सानो खरको मन्दिर बनाएर पुजा गरिन्थ्यो ।

सल्यानी राजाहरु पुस्ता पुस्तामा आएर पुजा गर्दथे केहिसमय पछि श्री मेदिनी प्रसाद अधिकारुी वि. सं. १८०० को भाद्रमा ढुङ्गाको छानो हालेको विशाल सौन्दर्य मन्दिर बनाए । त्यहि समयमा हाल भारतमा पर्ने तुलसीपुर राज्य सँग सल्यानी राजाको सत्रुता बढयो यस अघि जुम्ला, प्यूठान, रुकुम, दाङ्गका राजाहरुले सोहि तुलसिपुर भित्र पर्ने देवि पाटन की पाटेश्वरि देविलाई इष्ट देवी भनिन्थ्यो ।

यिनी सबै राजाहरुका तर्फबाट पुजागर्न दशैमा यी राजाहरुको ब्राहमण पाटनमा जान्थे । सल्यनी राजासँग द्धैषभावना बढि तर्का तर्की भएपछि तुलसिपुरका राजाले यिनी सबै इष्ट देवी भनि मान्ने राजाहरु र सल्यानी कुनैलाई पनि त्याहाँ जान नदिने भए ।

अनि वि.सं. १८४८ सालको प्रारम्भमा जुम्ला, प्यूठान, रुकुम, दाङ्ग, सल्यानका राजाहरुले देवि पाटनमा श्री पाटेश्वरी भगवतीका नाममा राखेको ४०० रोपनि जग्गा गुठी र श्री पाटेश्वरी भगवतिको लालमोहर श्री खैरावाङ्ग भगवतिलाई दिए । र श्री भवानि भगवती श्री खैरावाङ्ग भुवनेश्वरीको नै दर्शन पुजन गर्न लागेका हुन ।

त्यहि सालमा श्री पाटेश्वरी भगवती र छिल्ली राज्य सल्यान राज्यमा गाभिन आएकाहुन । सल्यान भगवती भु्वनेश्वरी यी राजाहरुले थापना गरेका हैनन । (यस सम्बन्धमा दाङ्ग घोराही काटेकोहल गौतम नगर निवाशी श्री टेकनाथ गौतमले राप्ती अंचलको इतिहास भन्ने पुस्तकको पृष्टाङ्क ५१ मा) देवि पाटनकी पाटेश्वरी देविलाई खैरावाङ्गमा स्थापना गरि पुजा गथ्र्ये ।

स्कन्ध पुराण यो तरिङ्गिनी प्रमाणित प्रमाण छन । जसका मावलका पुर्वजले वि.सं. १८५५ बाट पुजा गर्न लागेकाहुन। उनिको झनाती स्वयम ‘म छदैछु । श्री मोदिनी प्रसाद अधिकारी (कार्की) बाहुनले खैरावाङ्ग भुवनेश्वरी भगवतिको पुजा वि.सं.१९५५ सम्म गर्दै थिए । त्यसपछि बागलुङबाट सल्यानमा एउटा ब्राहमन मालको खरिदनर भएर आएका थिए ।

तिनैलाई श्री मोदिनी प्रसाद अधिकारीकी पनातिनी विवाह गरिदिए । अनि उनको सम्पति सल्यानमा केहि नहुदा नोकरि छुटेपछि तिबाहुन लाई भगवतिको पुजा दैनिक गर्नु र खानु भनि सुम्पिदिए । पछि तिनी कै नाममा खैरावाङ्ग भगवति श्री भुवनेश्वरी को दैनिक पुजागर्नु र भएको आम्दानि खानु भनि लालमोहर श्री ५ को बाहुलीबाट भएको छ ।

श्री ५ महाराजा गिर्वण यद्ध वि विक्रम शाहदेव बाट पनि वि.सं. १८५५ मा मेदिनीको छोरालाई लालमोहर गरिएको थियो । श्री ५ गिर्वणको ब्रतवन्ध यहि भएको थियो । त्यसपछि श्री ५ सुरेन्द्र वाट वि.सं. १९३६ मा पुन लालमोहर भएको छ । त्यसपछि वि.सं. १९५६ मा हालका पुजारीका बाजे रोहित राज शर्मा का बाबुका नाममा श्री ५ महाराजाधिराज पृथ्वी विर विक्रमशाहदेव प्रधान मन्त्री विर समशेर वाट लालमोहरको नविकरण गरिएको थियो ।

यहाँ पाटेश्वरी भन्ने लालमोहर तुलसीपुर पाटनकी देवी को लालमोहर यहाँ गाविन आएकाले पाटेश्वरी भन्ने नामाकरणबाट लालमोहरको नविकरण गरिएको थियो । खाश गिनी खैरावाङ्ग भवानी श्री भुवनेश्वरी नै हुन । अर्को प्रष्ट दैविक वा प्राकृतिक प्रमाण श्री भगवान शिवले श्री सतिदेविलाई आफ्नो पिठमा उत्तानो मुखि बोकेर मृत लासको शीर उत्तर पारेर बोकेका हुनुन्थ्यो ।

उत्तर तर्फ मुख आफु गरेर श्री सतिको शिर उत्तर नै बनाई बोकेका समयमा श्री भवानि भगवती श्री सतीदेविको बाउ स्तन बाँयापट्ठिको स्तन स्वरुपटाकुराका टुप्पामा स्तनका ठिमुना रुपी प्वाल बनि सति अंग पतन भई दाँया तर्फ पनि दाँया स्तन स्वरुपको टाकुरो बनिरहेको छ । यिने दुवै टाकुरा आन्तरिक ज्ञानले हेर्ने हो भने प्रत्यक्ष श्री सतिदेविका दुबै स्तन स्वरुप छन । बाँया टाकुरामा श्री भुवनेश्वरी हुनुहुन्छ । दाहिनेटाकुरामा पुजारिको घर छ ।

विचमा गहिरो परेर श्री सतीदेविको रुद्र घण्टि तल छाती माथिको भाग परेको छ । प्रस्ट देन इश्वरि देन वा प्रकृतिले दिएको छ । बाँया स्तनका सिधै उत्तरि भाग बवचमा पर्ने स्थान निर सफा सुद्धनिर्मल चिसो अमृत समान पानिको मुल छ । जहाँ श्री भवानी भुवनेश्वरी भगवतीले दैनिक स्नान गर्नुहुन्छ ।

स्नान गर्ने पधेरमा कडा पत्थरका बिचबाट लता बृक्षका विचमा सौन्र्दय तवरले पानी छर्कीरहेको छ । त्यहाँ जादाँ जस्तै मानिस हवोसत पनि उसको मन आन्नदहुन्छ । यो पधेरामा श्री भवानी प्रकट भए देदि हाल सम्म विहानै मानी ल्याउन वा स्नान गर्न गएका दश बाह्र जनाले स्नान गरिरहेकी श्री भवानी भगवती लाई प्रत्यक्ष दर्शन पाई कुराकानि गरि पञ्चपाज्ञाच्मनी झारी नुहाउने कमण्डलु समेत भगवती प्रसन्न भई दिईएकीले पाएका छन ।

पहिलेका पवित्र शद्ध तवर खान पान नित्य कर्म ब्राहमत्व मा रहने आफ्ना पुजारिलाई रात्रीमा बोलाएर कुराकानी गर्ने पाशा समेत खेल्ने गर्नु हुन्थ्यो । श्री भवानी भुवनेश्वरीको शक्ति पनि धेरै छ । सल्यानी राजा श्री संग्राम शाहका कान्छा छोरा श्री जिवन शाह परिवार श्रीमति रुक्मिती शाह श्री खैरावाङ्ग भगवतिको दर्शनको निम्ति जादा श्री भगवती उत्तपतिस्थल प्वालमा हेर्दा प्वालवाट अचानक हावाआई झस्केकाले पछि दरवारगए पछि उनको मृत्यु भयो ।

र पछि आफ्ना कान्छाछोराको मृत्यु भएपछि सल्यानी राजा श्री संग्राम शाहले सो प्वालमा ढाई धार्नी सुनको चक्र पहिला राखी त्यसमाथि ढाई धार्निको चाँदिको चक्र र अनि पित्तल र तामाको चक्रले छोपेका थिए । हाल तामाको चक्र मात्र वाकि छ अरु सवै चोरी भए । सल्यानी राजाहरु प्रत्येक पुस्तामा दर्नन पुजन गर्न आउथे ।

यसपछि श्री ५ महाराजाधिराज गिवर्ण युद्ध समशेर शाहदेव र श्री ५ महाराजाधिराज सुरेन्द्र विर विक्रम शाहदेव र प्रधान मन्त्री श्री ३ जंगबहादुर राणा वि.सं. १९३० मा खैरावाङ्ग आएका थिए । त्यसपछि श्री ५ पृथ्वी विर विक्रम शाहदेव र श्री ५ त्रिभुवन वाट समय समयमा बली भेटि फर्दहरु आउथे ।

त्यसपछि श्री ५ महेन्द्र सल्यान आउदा २०१६ साल माघमा बली भेटि फर्द पुजाको समाग्री श्रीनगर बाट पठाएका थिए ।

त्यसपछि २०४० सालमा श्री ५ विरेन्द्रको मध्यपश्चिम भ्रमणको सिलसिलामा श्री ५ विरेन्द्रले खैरावाङ्ग भगवतिको दर्शन गर्दा मन्दिर बनाउनु भनि निर्देशन दिएपछि राष्ट्रिय पंचायतका अध्यक्ष तथा त्तकालिन प्रधान मन्त्री श्री मरिचमान सिंह श्रेष्ठद्धारा मन्दिरको पुन निमार्ण भएपछि श्री ५ विरेन्द्र र श्री ५ र्एश्वर्य बाट २०४२ साल अषाढ ३१ गतेका दिन पुन सवारि भई श्री भवानी भगवती भुवनेश्वरीको पुजा आराधना गरि पंञ्चवली संकल्प गरि मन्दिरको समद्धघाटन गरिएको थियो ।

त्यसपछि त्तकालिन राजा श्री ५ ज्ञानेन्द्र शाह र रानि कोमल शाह २०६० फाल्गुन ३ गतेका दिन दर्शन पुजन र पञ्चवली संकल्प गरि टिका प्रसाद ग्रहन गरेको थिए । र श्री ज्ञानेन्द्रले नाती हृदयेन्द्र लाई लिएर आउनेछु भनेका थिए ।

श्री भवानी भुवनेश्वरी ले दुःखीलाई हेर्नु हुन्छ । मनले चिताएको कुरा पुरागर्नु हुन्छ । कैयौले सालमा बली बोका चढाउछन । कैयौले पञ्चवली चढाउछन । ब्राहमण मा क्षेत्रियहरु गएर मन्दिरका वरिपरि बसि चण्डिपाठ गर्छन ।

कैयौ व्यक्तिहरुले नुहाई सप्ताह हरिवंश पुराण लक्षवर्तिका गर्दछन । आजभोली कैयौ व्यक्तिहरुले विवाह ब्रतबन्ध पनि गर्दछन । खैरावाङ्ग भवानी भगवती भुवनेश्वरी मन्दिरलाई जोडने हाल दुईवटा सडक निर्माण गरिएका छन एउटा सदरमुकाम खलंगा भएर र अर्केा श्रीनगर भएर ।

हाल मन्दिर व्यवस्थापनकोलागि समिति बनाईको छ । सो समितिले मन्दिरको हेरचाह आम्दानि खर्च र मन्दिर व्यवस्थापन गरिरहेको छ । यस मन्दिरको प्रचारप्रसार गर्नसकिएमा यसक्षेत्रलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार