• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

कर्णाली प्रदेशका भौतिक मन्त्रीलाई ३ दिनभित्र पक्राउ गर्न अदालतको आदेश


साउन २८, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएको छ । अदालतले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो ।

कृषि विकास बैंक मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुल प्रसाद पनेरुले दायर गरेको बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् ।

उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सोमबार प्रतिवादी खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्री बहाल रहेको भए ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको हो । त्यस्तै राजुप्रसाद खत्रीलाई मुलुकी फौजदारी संहिताअनुसार समाह्वान जारी गर्न आदेश दिइएको छ ।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ । उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पु¥याएको कृषि विकास बैंकको दाबी छ ।

 

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार