• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा विद्यालयको कार्यक्रममा मन्त्री ज्वाला सोरठीमा छमछमी नाचे


शंकर के सी/ साउन २८, सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेन एक कार्यक्रममा सोरठी नाचेका छन् । गृह जिल्ला सल्यान आएका मन्त्री ज्वाला र कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेन विद्यालयको एक कार्यक्रममा सोरठी नाचेका हुन् ।

सल्यानको मौलीक संस्कृती सोरठीको संरक्षण तथा प्रचारप्रशार गर्ने उद्देश्यले उनीहरु सोरठी समूह संगै नाचेका हुन् । कपुरकोट गाउँपालिका वडा नम्बर ५ रीम स्थीत जिवनज्योती माध्यामिक विद्यालयमा मंगलबार आयोजित भवन उद्घाटन कार्यक्रममा सोरठी प्रस्तुत गरिएको हो । कार्यक्रममा लाखे नाच पनि प्रस्तुत गरिएको थियो ।

यसैविच कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भएको ६ कोठे पक्की भवनको मन्त्री ज्वालाले उद्घाटन गरेका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको ४९ लाख २४ हजार ३ सय ३७ रुपैयाँ लगानीमा भवन निर्माण भएको हो ।

सल्यानमा प्रदेशबाट डेढ अर्व बजेट विनियोजन

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले सल्यानले पछिल्लो समय विकासको सवालमा महत्वपूर्ण लाभ प्राप्त गरीरहेको बताउँदै अझै सल्यानमा ठूला ठूलो योजनाहरु पार्न बाँकी रहेको बताए । डेढ अर्व रकम कर्णाली प्रदेश सरकारबाट मात्रै यसपटक सल्यानमा विनियोजन भएको उल्लेख गर्दै बजेट कार्यान्वयनका लागी आफु स्थानीय सरकारसंग सहकार्य गर्न तत्पर रहेको बताए ।

मन्त्री ज्वालाले प्रदेश राजधानीबाट प्रदान गरिने सेवा जिल्ला स्तरबाटै उपलब्ध गराउने गरि संरचना निर्माणको क्रममा रहेको बताए । शिक्षामा कसैले पनि खेलवाड र पार्टिगत आग्रह पूर्वाग्रह राख्न नहुनेमा जोड दिदै उनले रीममा सुरु भएको प्राविधिक शिक्षाको उपयोग गर्नुपर्ने बताए । प्रदेश सरकार गठनको पहिलो वर्ष कानुन निर्माणमै बढि ध्यान दिनुपरेको र अनुभवको पनि कमीको कारण सम्बन्धीत निकायसंग भनेजस्तो समन्वय गर्न नसकिएको ज्वालाले स्वीकार गरे ।

यस्तै कपुरकोट गाउँपालिका अध्यक्ष सेनले तीन तहका सरकारले समन्वय गरेर विकासमा हातेमालो नगरेमा जनताले परिवर्तनको अनुभुती गर्न नसक्ने बताए । उनले भने, ‘तीनै तहका सरकार सहकार्य, सहमती र सह अस्तीत्वको सिद्धान्तमा अघि बढ्न जरुरी छ, अनी मात्रै समृद्धि हाँसिल गर्न सकिन्छ ।’

कपुरकोट गाउँपालिका कृषिको पकेट क्षेत्र रहेकाले जीवनज्योती माविमा प्राविधिक शिक्षा सुरुवात गरिएको जनाउँदै यो एउटा महत्वपूर्ण उपलब्धी भएको बताए । शिक्षालाइ प्राथमिकता राखेर गाउँपालिकाले यस वर्षको बजेटमा विद्यालयको भौतीक सुधार, आइसीटी तथा विज्ञान प्रयोगशालाको स्थापना र सुधारका लागी एक करोड बजेट विनियोजन गरिएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले गाउँपालिकाको समग्र विकासको लागी जनप्रतिनिधीहरु विचमा समन्वय गरेर प्रदेश सरकारसंग पर्याप्त पहल गरिरहेको बताइन् । उनले अझै गाउँपालिकाभित्र धेरै विकास गर्न बाँकी रहेकाले विशेष ध्यान दिन मन्त्री ज्वालासंग अनुरोध गरिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टोपेन्द्र केसीले आफ्नो सविद्यालयले स्थानीय सरकार आएपछि विकास प्राप्त गरेको जनाउँदै प्रदेश सरकारले पनि विद्यालयको विकासमा ठूलो लगानी गरेको बताए । उनले भने, ‘कपुरकोट गाउँपालिकाले सुरुमा ४ कोठे विद्यालय भवन निर्माण गरेर यस विद्यालयको विकासको लागी चासो देखायो, अहिले आएर कर्णाली प्रदेश सरकारले पनि एक नजर यतातीर लगाएको छ, हामी निकै हर्षित छौँ ।’

जीवनज्योती माविमा यसै वर्ष देखि प्राविधिक शिक्षा अन्तर्गत वाली विज्ञान विषयको पठनपाठन पनि सुरु भएको छ ।

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार